समाचार

    Showing 7,441-7,450 of 26,641 items.
  • नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँः सञ्चारमन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताएका छन् ।आइसिटी अवार्ड–२०२५का विजेताहरुसँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे ।सञ्चारमन्त्री खरेलले भने,‘डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्थाहरु नै हो ।’ मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्बाह गर्न सम्पर्क मन्त्र

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 546 पटक पढिएको
  • बाजुराको बुढीगङ्गाका तत्कालीन नगर प्रमुख शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    बाजुरा— बाजुराको बुढीगङ्गा नगरपालिकाका तत्कालीन नगर प्रमुख दिपक विक्रम शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा शाह सहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।आयोगले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब इन्जिनियर गणेश राज रेग्मी लगायत १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।ठेक्कामा मिलेमतो गरी बोलपत्रका

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 471 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 538 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेषे महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 535 पटक पढिएको
  • टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

    जनकपुर— धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ ।पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्म सम्बन्धि कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । ती दुबै जनाले बनाएको भिडियो हेरेर कमला नगरपालिकाका युवाहरु आक्रोसित भएको थिए । सो पश्चात युवाहरुको एक समुहले कमला नगरपालिका ६

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 463 पटक पढिएको
  • प्रदेश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैनः मन्त्री पुन

    जनकपुर— शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको निधानका लागि पहल गर्नु पर्ने बताए ।उनले अहिले सम्मको इतिहास हेर्दा केन्द्रले अगाडि बसेर काम गर्ने र प्रदेश र स्थानीय तहले पछाडि बसेर काम गर्ने गरेको देखिएको जानकारी दिए । मन्त्री पुनले अब प्रदेश सरकार र स्थानीय तहलाई अगाडि आएर काम गर्न र केन्

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 517 पटक पढिएको
  • धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस

    धनकुटा— नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए ।हालसम्मको छलफलमा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताको भावनाअनुसार राईलाई एकल उम्मेदवार सिफारिस गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए सोही विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 499 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  जल तथा मौसम विभागले जनाए अनुसार देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भू‍भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रह

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 290 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिंगापुर डलर

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 266 पटक पढिएको
  • आज २०८२ साल पुस २१ गते सोमवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलकाे बेला मान्यजनको सहयाेग लाभदायी रहनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सिद्धान्तमा मतभेद भए पनि पहिलेका सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 421 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.