समाचार

    Showing 7,471-7,480 of 26,641 items.
  • आपत–विपतमा सम्झिने आस्थाको केन्द्र खाँडादेवी

    रामेछाप— खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो।स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही आपत पर्यो भने खाँडादेवीलाई नै सम्झिन्छौँ । वर्षभरि समस्या परेमा खाँडादेवीलाई पुकार्ने र कम्तीमा एकपटक पूजा लिएर मन्दिर पुग्ने परम्परा छ ।’दर्शनार्थीहरू आफूसँगको माग पूरा भएपछि पूजा र बलि लिएर मन्दिर आउने गर्दछन्। सर्लाहीको हरिऔनका पिताम्बर ढुंगानाले भने, ‘मागेको कुरा पूरा भएकाले खाँडादेवी दर्शनमा आएको ।’खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ अप्ठेरो पर्दा सबैले खाँडादेवी सम्झने बताउँछन् । उनले भने, ‘ठेस लाग्दा आइया आमा भनेर सम्झिएजस्तै जस्

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 508 पटक पढिएको
  • खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयोः अध्यक्ष वली

    दाङ— राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन गरेको बताएका छन् ।हालै दाङको प्रगतिनगर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले उपभोक्ता समितिहरू खारेजी तथा विघटन गरी स्थानीय तहलाई दिइएको अधिकारप्रति विरोध समेत जनाए ।संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष ओली प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 542 पटक पढिएको
  • कल बाइपास गरेको आरोपमा एक पक्राउ

    काठमाडौं— गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौंको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई विहीबार पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको प्रहरीले जनाएको छ । कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका उनलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।प्रहरीले उनको साथबाट विभिन्न कम्पनीको राउटर र एडप्टर, कम्प्युटर, युपिएसलगायत उपकरण बरामद गरेको ब्यू

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 578 पटक पढिएको
  • साँखु शालीनदीमा एक महिने स्वस्थानी मेला सुरु

    काठमाडौं— काठमाडौंस्थित साँखु शालीनदीमा शनिबारदेखि स्वस्थानी व्रतकथा मेला सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो परम्परागत व्रतमा देशभरका भक्तजन सहभागी हुने गर्दछन्।व्रतका क्रममा घरमा सात्विक भावले पूजा आराधना गरी श्री स्वस्थानीको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ। शालीनदीमा स्नान गर्ने र माधवनारायण एवं श्रीस्वस्थानीको दर्शन गर्ने अवसरका लागि महिला र पुरुष दुवै सहभागी हुन्छन्, जसले घरपरिवारको सुस्वास्थ्य, सुख र शान्तिको कामना गर्छन्।स्वस्थानी व्रत कथा अनुसार, सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पाउने चाहनामा निराहार तपस्या गरी बालुवाको शिवलिङ्ग स्थापना गर

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 534 पटक पढिएको
  • स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’

    तेह्रथुम। वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको  पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्र पुगेको सङ्केत गर्छ ।यो स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको रु तीन लाख र स्थानीयको सहयोग गरी कुल रु पाँच लाख ८५ हजार बजेटमा निर्माण गरिएको हो । लालीगुराँस स्तम्भ लालीगुराँस नगरपालिकाको पहिचानजस्तै बनेको पूर्वप्रदेशसभा सदस्यसमेत रहनुभएका लालीगुराँस संरक्षण अभियन्ता लक्ष्म

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 311 पटक पढिएको
  • भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

    एजेन्सी— अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएकी छिन् ।उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै यो अपरेशन लागूपदार्थको चिन्ताले नभई तेलको स्वार्थले प्रेरित भएको बताएकी छिन्।ह्यारिसले भेनेजुएलामा ट्रम्पको कार्यले संयुक्त राज्य अमेरिकालाई सुरक्षित नबनाउने बताइन् । उनले त्यहाँ जबरजस्ती शासन परिवर्तन गर्दा अमेरिकी क्षेत्रलाई अस्थिर बनाउन सक्ने र अमेरिकी जीवनलाई जोखिममा पार्न सक्ने चेतावनी दिइन् ।‘भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा बढी किफायती

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 525 पटक पढिएको
  • अमेरिकाले भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको एमाले सचिव बस्नेतको टिप्पणी

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेपलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निन्दनीय भएको टिप्पणी गरेका छन् ।उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् ।सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए ।उनले विश्वशान्ति र राष्ट्रहरूको स्वाधीनताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर प्रतिरोधमा उत्रिनुपर्ने आवश्यकता औँल्याए ।‘कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 230 पटक पढिएको
  • पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पहिलो केन्द्रीय समिति बैठक बस्ने भएको छ।बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ। मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ।रास्वपा, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो। पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 478 पटक पढिएको
  • पाथीभरा क्षेत्रमा हिमपात

    फुङ्लिङ। यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।  पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ ।  यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 312 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज २ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 264 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.