समाचार

    Showing 7,481-7,490 of 26,641 items.
  • रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा २ जनाको मृत्यु

    रोल्पा । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटना भएको हो ।दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए । मृतक दुवैजना राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।दुर्घटनामा सुनछ

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 301 पटक पढिएको
  • खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

    रामेछाप— विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विक

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 551 पटक पढिएको
  • संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा

    काठमाडौं— संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको पक्राउ गरेको घटनाको संयुक्त रूपमा कडा निन्दा गरेका छन्।यी निकायहरूले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा ठहराएका हुन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको चेतावनी दिएका छन्।उनले अन्तर्राष्ट्रिय कानून, युएन चार्टर, मानव अधिकार र कानूनको शासनको पूर्ण सम्मानको आवश्यकतामा जोड दिँदै सबै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 527 पटक पढिएको
  • भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध होः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गरेका छन्।उनले उक्त घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानुनको खिल्ली र राज्य आतंकवादको उदाहरण भएको बताएका छन्।जारी वक्तव्यमा खनालले अमेरिकी ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सद्वारा करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि गरिएको आक्रमणमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा निर्वाचित राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 522 पटक पढिएको
  • नारायणकाजी श्रेष्ठ भन्छन भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो

    काठमाडौं— वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।उनले उक्त घटना स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण भएको बताएका छन्।‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला माथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनका श्रीमतीलाई कब्जामा लिएको घटना एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नाङ्गो आक्रमण हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।नेता श्रेष्ठले अमेरिकाले कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 511 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने

    काठमाडौं— आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गर्दै प्रभावकारी कानुन निर्माणमा योगदान पु¥याउने उद्देश्यले दफावार छलफललाई निरन्तरता दिँदै आएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 511 पटक पढिएको
  • वन हेरालु (चौकीदार) को हत्या शव भेटियो, टाउको भेटिएन

    रौतहट— सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ।चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परेपनि अझै टाउको फेला परेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो ।मृतकको टाउको काटिएको शरीर भेटिए पनि टाउको नभेटिएपछि अब पोखरीमा जाल हानेर खोजी गर्न लागिएको उनले जानकारी दिए ।डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।प्रहरीले वन रक्षक महतोको हत

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 496 पटक पढिएको
  • भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो

    एजेन्सी । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी आफ्नो कब्जामा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिका लगेको छ ।बीबीसीका अनुसार मादुरो र उनकी पत्नी न्युयोर्क राज्यको स्ट्यगबचत एयर नेसनल गार्ड बेसमा अवतरण गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले मादुरोको आँखामा पट्टी बाँधिएको जहाजभित्रको तस्बिर सेयर गरेका थिए ।अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्क पुगेपछि उनी हेलिकोप्टरमार्फत म्यानह्याटनको वेस्टसाइड हेलिपोर्टमा लगिनेछन् ।त्यहाँबाट अमेरिकी ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेसनको मुख्यालयमा ब्रुकिलिङका लैजाने बताइएको छ । मादुरोलाई न्य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 318 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  जल तथा मौसम विभागले जनाए अनुसार देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भू‍भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रह

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 355 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, सिङ्गापुर

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 335 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.