समाचार

    Showing 7,531-7,540 of 24,629 items.
  • धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने

    काठमाडौं— सन्त रामपाल जी महाराजको पावन सान्निध्यमा यही कार्तिक १८(आज) देखि २० गतेसम्म मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा ५१२औं ‘दिव्य धर्म यज्ञ दिवस–२०८२’ सुरु भएको छ ।भारतका १२ वटा सतलोक आश्रमहरूमा पनि यो ऐतिहासिक उत्सवको जोडतोडले तयारी चलिरहेको छ । करिब ५१२ वर्षअघि कबीर साहेबले काशीमा १८ लाख साधु सन्तहरूलाई तीन दिनसम्म मोहन भण्डारा गराएर ‘सत्य धर्म’ को सन्देश दिएका थिए । त्यसै दिव्य लीलाको स्मृतिमा यो दिवस मनाइने गरिएको छ । कार्यक्रममा तीन दिवसीय अखण्ड भण्डारा गराइने छ जसमा शुद्ध घिउमा बनेको लड्डू, जेरी, हलुवा, पूरी, तरकारी, सब्जी, अचार, आदि वितरण गरिनेछ । सन्त गरीबदासजी महा

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 673 पटक पढिएको
  • जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    काठमाडौं— सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ । ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे ।जोस ब्राउनले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी–२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन् ।सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 549 पटक पढिएको
  • हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।सरकारको निर्णयविरुद्ध हितेन्द्रले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आज दुवै पक्षलाई छलफलमा बोलाएको हो ।कार्यकाल पूरा हुनुअघि नै आफूलाई पदबाट हटाइएको भन्दै उनले नेपाल सरकारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका हुन् । उनले रिटमार्फत अन्तरिम आदेश समेत माग गरेका छन् । शाक्यलाई २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 438 पटक पढिएको
  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    म्याग्द। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ ।  नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भे

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 284 पटक पढिएको
  • दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

    महोत्तर। यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् । रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन् । अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।  “हामीले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन पाएनौँ, अब समापनको बेला आइसक्यो । बाँकी विधि राम्ररी रमाइलो गर्दै समापन गर्ने तयारीमा छौँ”, भङ्गाहा–७

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 233 पटक पढिएको
  • ‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

    बर्दिय। आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष-२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो । पर्या-पर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा ठाकुरबाबा नगरपालिकामा गरिएको कार्यक्रमका सहभागीले पर्या-पर्यटनलगायत क्षेत्रमा एकरुपता रहेकाले ब

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 243 पटक पढिएको
  • उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

    काठमाडौ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 247 पटक पढिएको
  • हात्ती परिचालन गरेर बाघको खोजी

    राँझ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहँुदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिनुभयो । उहाँका अनुसार गत कात्तिक ८ गते  स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा शव फेलापरेको थियो । तर घटना घटेको दश दिन बितिसक्दासमेत जङ्गली जनावर फेलापरेको छ

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 269 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका केहि स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 451 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैय

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 330 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.