समाचार

    Showing 7,541-7,550 of 26,641 items.
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 484 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

     काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका धेरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराई भूभागका धेरै स्थानहरूमा हुस्सु  रहनेछ।राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 333 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०५ रुपैयाँ १० पैसा,

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 336 पटक पढिएको
  • आज २०८२ साल पुस १८ गते शुक्रवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरू

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 507 पटक पढिएको
  • द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला

    काठमाडौं—  नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।महासंघ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 595 पटक पढिएको
  • मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियानः जोखिम घट्दो

    बाँके— बाँके जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय बाँकेले पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रमले जिल्लामा द्वन्द्वका घटनामा उल्लेख्य कमी ल्याएको कार्यालयले जनाएको छ ।सिनियर डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्वका एक दर्जनभन्दा बढी घटना दर्ता भएका छन्, जसमा अधिकांश घटनालाई समयमै उद्धार र व्यवस्थापनमार्फत नियन्त्रणमा लिन सफल भएको कार्यालयको दाबी छ ।गुप्ताका अनुसार जोखिमयुक्त क्षेत्रमा फायर लाइन निर्माण, सोलार फेन्स जडान, नियमित उद्धार टोली परिचालन तथा जनचेतनामूलक कार्यक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 574 पटक पढिएको
  • नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको हो ।बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेको छ ।परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार क

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 549 पटक पढिएको
  • सुनसरी लौकही घटनाबारे ५ बुँदे सहमतिसहित छानबिन समिति गठन

    सुनसरी— सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएको घटना छानबिनका लागि समिति बनाइएको छ । आक्रोशित स्थानीले आन्दोलन भने जारी राखेका छन् ।जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि सहायक सिडिओको संयोजकत्वमा प्रहरीका डिएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत रहने गरी समिति बनाइएको छ । समितिलाई प्रतिवेदन पेश गर्न ७ दिनको समय सीमा दिइएको छ ।यसैगरी मृतककी श्रीमती र छोरालाई रोजगारी दिलाउने सहमति भएको छ । एपीएफको लौकहीस्थित बीओपी टोली पनि फिर्ता गराउने सहमति बनेको सुनसरी प्रशासनले जनाएको छ ।सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेको मृतकका आफन्त र स्थानीयले

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 546 पटक पढिएको
  • नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

    काठमाडौं— ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए ।कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् ।नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी छ । उनले भने, “फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभई मुलुक बाहिरसम्म पनि भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 561 पटक पढिएको
  • स्विस आल्प्समा बारमा आगलागी हुँदा धेरैको मृत्यु

    काठमाडौं— स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।स्थानीय प्रहरी प्रवक्ता गेटान लाथियनले भन्नुभयो, “आज बिहान १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी सुरु भयो । भवनमा सयभन्दा बढी मानिस थिए र हामीले धेरै घाइते र धेरैको मृत्यु भएको देखिरहेका छौँ ।” आगलागीको कारण पत्ता लगाउन अनुसन्धान कर्ताले अनुसन्धान सुरु गरेका छन् । लाथियनले भन्नुभयो, “हामी भर्खरै अनुसन्धानको सुरुआतमै छौँ तर यो अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्की रिसोर्ट भएकाले धेरै पर्यटक प्रभावित भएका छन् ।”प्रभावित परिवारका लागि

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.