समाचार

    Showing 7,601-7,610 of 26,643 items.
  • पर्यटन बोर्डको २७औँ वर्षमा नयाँ पहलः ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ घोषणा

    काठमाडौं— नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ। आसियान मुलुकलाई लक्षित गरी नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो पहल अघि सारिएको हो।बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले सन् २०२६ लाई केन्द्रमा राखेर विशेष रणनीति सार्वजनिक गर्दै हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेको जानकारी दिए। उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको पहिचान सुदृ

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 517 पटक पढिएको
  • विशेष अदालतमा पूर्वमन्त्री राजकुमार गुप्ताको बयान सुरु

    काठमाडौं— पोखराको लिचीघारी जग्गासँग सम्बन्धित घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा गुप्तासँग बयान भइरहेको हो। बयान सकिएलगत्तै आजै थुनछेक बहस हुने बताइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गराइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ। साथै, पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग मिलेमतो गरी थप २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि आयोग

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 535 पटक पढिएको
  • शीतलहरका कारण सुनसरीका विद्यालयमा तीन दिन बिदा

    सुनसरी— चिसो बढेपछि सुनसरी जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ। अत्याधिक चिसो भएपछि जिल्लाका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन्।स्थानीय तहका निर्णयअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ। इटहरी उपमहानगरपालिकाले भने उक्त बिदा सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।उपमहानगरको शिक्षा शाखाका अनुसार अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर, रामधुनीलगायत सुनसरीका अन्य स्थानीय तहले पनि यही अवधिका लागि विद्यालय बन्द ग

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 561 पटक पढिएको
  • ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन

    काठमाडौं— पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् । बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् ।उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन् ।लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक/मानसिक

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 511 पटक पढिएको
  • ओखलढुंगामा दम्पतीको हत्या, अनुसन्धान जारी

    ओखलढुंगा— ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक दम्पतीको हत्या भएको छ। ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगर मंगलबार राति मृत अवस्थामा फेला परेका हुन्।बिहान ढिलासम्म घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी गर्दा उनीहरू घरभित्र मृत भेटिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दम्पतीको धारिलो हतियार प्रयोग भएको आशंका गरिएको छ।घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली खटिएको छ । त्यसका साथै केनाइन शाखाबाट तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। हत्या बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 516 पटक पढिएको
  • छाउनीस्थित पञ्चकन्या माविको प्राङ्गणमा महानगरले चलायो डोजर

    काठमाडौं—  काठमाडौं महानगरपालिकाले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयको प्राङ्गणमा बनाइएका अवैध संरचना हटाउन डोजर चलाएको हो ।सार्वजनिक जग्गा कब्जा गरेर टहरा निर्माण गरिएको पुष्टि भएपछि महानगरपालिकाले आज डोजर प्रयोग गरी ती संरचना भत्काएको हो। महानगर प्रहरी बलका अनुसार विद्यालयको प्राङ्गण तथा आसपासको सार्वजनिक स्थानमा बनाइएका तीन वटा टहरा हटाइएको छ।महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षणका लागि अतिक्रमणविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको जनाएको

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 493 पटक पढिएको
  • कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीको प्रदर्शन

    काठमाडौं— कोरिया जान नपाएको भन्दै ईपीएस प्रणालीमार्फत रोजगारीका लागि छनोट भएका विद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गरेका छन्।ईपीएस कोरिया शाखा, ग्वार्को (ललितपुर) अगाडि विद्यार्थीहरूले युवाहरूको भविष्यसँग खेलबाड गरिएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्। लामो समयदेखि प्रक्रिया अघि नबढ्दा आफूहरू अन्योलमा परेको उनीहरूको भनाइ छ।प्रदर्शनकारी विद्यार्थीहरूले छिटो र पारदर्शी रूपमा समस्या समाधान गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले समयमै कोरिया पठाउने सुनिश्चितता गर्न र स्पष्ट जानकारी दिन सरकार तथा ईपीएस कार्यालयसँग आग्रह गरेका छन्।प्रदर्शन शान्तिपूर्ण रहेको र घटनाबारे थप

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 539 पटक पढिएको
  • राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया मार्फत लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको हो ।यसअघि गत सोमबार मात्रै राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो । सूचना अनुसार ऋणपत्रको बोलकबोल २०८२ पुस १६ गते अर्थात आज मध्यान्ह १२ बजे अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । ऋणपत्रको निष्कासन पनि सोही दिन हुने जनाइएको छ ।यस ऋणपत्रको अवधि एक वर्षको हुनेछ भने सावाँ भुक्तानी २०८३ पुस १६ गते गरिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट न

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 578 पटक पढिएको
  • बिलविनाको १४ लाख ९७ हजार बराबरको मोबाइल पार्ट्स बरामद

    काठमाडौं— प्रहरीले काठमाडौंमा बिलविना १४ लाख ९७ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ।बुधबार बिहान ६ः१५ बजे नागार्जुन नगरपालिका–४ स्थित बाफल चोकमा धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बस चेकजाँच गर्ने क्रममा डिक्कीभित्र लुकाइएका मोबाइल पार्ट्स फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बसको डिक्कीभित्र राखिएका २८ कार्टुनमध्ये २७ बोरामा जम्मा ४० हजार ५ सय पिस टेम्पर्ड ग्लास फेला परेको हो। ती टेम्पर्ड ग्लासको प्रति पिस अनुमानित मूल्य ३५ रुपैयाँका दरले कुल १४ लाख १७ हजार ५ सय रुपैयाँ बराबर रहेको छ।त्यस्तै, अर्को एक बोरामा १ सय पिस मोबाइल पार्ट्स फेला परेको छ। ती सामानको

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 541 पटक पढिएको
  • शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

    काठमाण्डौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ ।मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त निर्देशन दिएको हो । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा उल्लेखित सर्तहरू अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।साथै, विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा ‘डिसिप्लिन इन्चार्ज’ (डीआई) राख्दा सिकाइ प्रक्रियामा नकारात्मक असर परेको गु

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 590 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.