समाचार

    Showing 7,631-7,640 of 26,643 items.
  • सबै निर्माण व्यवसायी गलत छैनन्, राम्रालाई प्रोत्साहित गर्नुपर्छः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक मर्मत–सम्भारमा बजेट अभाव र संघीय, प्रदेश तथा स्थानीय तहबीचको समन्वयको कमीले समस्या उत्पन्न भइरहेको बताएका छन् ।मंगलबार सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले राजस्वका रूपमा संकलन गरेको सम्पूर्ण रकम सडक बोर्डले नियमित कार्यक्रमका लागि प्रयोग गर्न नपाउँदा धेरै सडक मर्मत हुन नसकेको बताए ।उनका अनुसार मुख्य राजमार्ग र सहायक सडकहरूको मर्मत–सम्भार सरकारको दायित्व भए पनि स्रोत सीमितताका कारण सबै ठाउँमा अपेक्षित काम हुन सकेको छैन।संघीय संरचनाका कारण अधिकारको स्पष्ट

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 266 पटक पढिएको
  • कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेनःअध्यक्ष यादव

    जनकपुर— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, का

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 331 पटक पढिएको
  • कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेनःअध्यक्ष यादव

    जनकपुर— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, का

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 274 पटक पढिएको
  • प्रचण्ड भन्छन समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् ।मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान र प्रवद्र्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।उनका अनुसार नेपालको राष्ट्रिय एकता दमन वा एकरूपताबाट होइन, पहिचानको सम्मान र समावेशी अभ्यासबाट बलियो बन्छ ।संयोजक दा

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 169 पटक पढिएको
  • पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड

    काठमाडौं— नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले कृषि व्यापार, प्रविधि र अनुसन्धान सहकार्यलाई प्राथमिकतामा राखेका छन् ।सन् २०२५ डिसेम्बर २८ र २९ (२०८२ पुस १३ र १४) मा सम्पन्न दुई दिने बैठक सन् २०२५ अप्रिलमा नेपाल–भारतबीच भएको कृषि सहयोगसम्बन्धी नयाँ समझदारी पत्र कार्यान्वयनतर्फको पहिलो औपचारिक कदमका रूपमा हेरिएको छ । बैठकको सह–अध्यक्षता नेपाल सरकारका सह–सचिव डा. हरि बहादुर के।सी। र भारत सरकारका

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 230 पटक पढिएको
  • आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

    काठमाडौं— गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् ।तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग जोडिएको पर्व हो । ‘ल्हो’ वर्ष र ‘सार’ फेरिनु भन्ने अर्थ राख्ने यस पर्वलाई वर्षको नयाँ सुरुवातका रूपमा लिइन्छ । गुरुङ समुदायको बसोबास रहेको हिमाली तथा पहाडी भू–भागमा सूर्यको ताप चाँडो पर्ने विश्वासका कारण पुस महिनामै तमु ल्होसार मनाइने परम्परा रहँदै आएको जानकारहरू बताउँछन् ।विशेष गरी लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, मनाङ र पर्वत

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 289 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 311 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ७० पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३६ पैसा, सिङ्गापु

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 311 पटक पढिएको
  • आज २०८२ साल पुस १५ गते मंगलवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जाेशजाँगर बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 453 पटक पढिएको
  • ‘राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार छौं’

    काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीमा गएका सन्तोष परियारले राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार रहेको बताएका छन् ।सोमबार समानुपातिकको बन्द सूची दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा विचार मिल्यो भने सहकार्य गर्नको लागि सहज हुने संगठनसँग सधैं सहकार्य गर्ने बताए ।उनले भने, ‘मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा र पछिल्लो समय जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्नको लागि हाम्रो संगठनलाई सहज हुने संगठनसँग हामी सधैं सहकार्य गर्छौ ।’यस्तै, उनले नेतृत्व एकदम समावेशी, सामुहिक भएको हुनाले समानुपातिकको बन्द स

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 286 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.