समाचार

    Showing 7,761-7,770 of 26,643 items.
  • क–कसले भेटे बालेनलाई ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।उनले भने, ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं आज पनि स्पष्ट छौ ।’यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताए ।उनले भने, ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो । बालेन ज्यूले देशलाई संकट परेको बेला हाम

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 261 पटक पढिएको
  • बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

    जनकपुर । जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा हिन्दू समुदायले बांगलादेश विरुद्ध विरोध र्याली निकालेको छ । बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेको छ ।बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ । र्यालीमा बांगलादेश सरकार मुर्दाबाद, हिन्दूलाई मार्न पाईँदैन, जाग हिन्दू जाग, हत्यारालाई फाँसी दे लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकहरुको हुँदै र्याली निकालिएको छ ।जानकी मन्दिरबाट सुरु भएको विरोध र्याली जनकपुरधामस्थित राम

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 229 पटक पढिएको
  • महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन् ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको जानकारी दिए ।उनले भने , ‘पहिले वडास्तरको अधिवेशन गर्ने, त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र त्यसबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पार्टीभित्र छलफलमा छ ।’महामन्त्री शर्माले महाधिवेशनमार्फत पार्टीमा नयाँ दृष

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 249 पटक पढिएको
  • विद्यालयहरुले क्रिसमसलाई प्राथमिकता दिंदा मौलिकता गुम्दैछ : राजानन्द माण्डब्य

    काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवम अभियन्ता राजानन्द माण्डब्यले नेपालका नीजि विद्यालयहरुले पश्चिमा संस्कृति एवम क्रिसमस पर्वलाई प्राथमिकता दिंदा मौलिकता गुम्ने खतरा रहेको औंल्याएका छन् ।विहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा वाह्य धर्म, संस्कार र संस्कृतिलाई विद्यालयहरुले विशेष प्राथमिकता दिंदा मौलिक संस्कार र संस्कृति गुम्दै गएको दाबी गरे ।‘यतिबेला वैदिक सनातनी राष्ट्र तथा बहुसंख्यक हिन्दु धर्म मान्ने मुलुकमा वैदिक सनातनी राष्ट्र जरुरी भइसकेको छ । यसका लागि राजसंस्था अभिभावका रुपमा बस्नुपर्छ । आज क्रिसमस पर्व मनाउने वहानामा छाडातन्त्र भित्रियो । मौलिक

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 233 पटक पढिएको
  • एनआइएचएसले यही शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने

    काठमाडौं—  नेपाल इन्टरनेशनल हेल्थ सर्भिस ९एनआइएचएस०ले एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।आउने शनिबार,पुस १२ गते काठमाडौंको वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालमा कार्यरत डाक्टर समिम अख्तरले जानकारी दिए ।उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेका जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।उनले भने,‘जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाउन, उहाँहरुको रोग पत्ता लगाइदिन र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 553 पटक पढिएको
  • यही पुस २३ देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

    काठमाडौं— शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए। नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 579 पटक पढिएको
  • बालेन–रवि भेटवार्ता सम्पन्न, लामिछाने हँसिलो अनुहारसहित बाहिरिए

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको भेटवार्ता सम्पन्न भएको छ।ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको निवासमा उनीहरूबीच छलफल भएको हो। छलफलपछि रवि लामिछाने केहीबेरअघि त्यहाँबाट बाहिरिएका छन्।भेटवार्ताको विषयवस्तुबारे लामिछानेले औपचारिक रूपमा केही खुलाएका छैनन्। तर सञ्चारकर्मीको प्रश्नमा उनले ‘मेरो अनुहारले के भन्छ र ?’ भन्दै प्रतिक्रिया दिएका थिए।उनी बाहिरिँदा उनको अनुहार उज्यालो र हँसिलो देखिएको थियो।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 615 पटक पढिएको
  • पहिरोले मेची राजमार्ग ठप्प

    ताप्लेजुङ— जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ अन्तर्गत भाँडी खोला क्षेत्रमा रहेको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।राजमार्गमाथिको कुलोमा क्षति पुग्दा बिहीबार बिहान अचानक पहिरो खस्न गई करिब १० मिटर सडक भाग पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।घटनापछि प्रहरीचौकी मेवाखाबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै सडक खुलाउने प्रयास तीव्र पारेको उनले बताए।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 512 पटक पढिएको
  • पक्राउ पर्ने डरले भागेका खालिदा जियाका छोरा रहमान १७ बर्षपछि आफ्नै देश फर्किए

    एजेन्सी— बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन् । उनको पार्टी बीएनपीका एक लाख कार्यकर्ता ढाका विमानस्थल नजिकै उनको स्वागत गर्न भेला भएका छन् । रहमान २००८ मा पक्राउबाट बच्न लन्डन भागेका थिए । त्यतिबेला हसिना सरकारको समयमा उनीविरुद्ध धेरै भ्रष्टाचारका मुद्दाहरू लगाइएको थियो ।बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको छ । शेख हसिनाको पार्टी, अवामी लिगलाई प्रतिबन्ध लगाइएकोले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) विजयको प्रमुख दावेदार मानिएको छ । बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी र सिकिस्त बिरामी रहेकाले रहमानलाई बंगलादेशको

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 532 पटक पढिएको
  • जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

    जनकपुर— जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापान, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।आज जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । समि

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 560 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.