समाचार

    Showing 7,771-7,780 of 26,643 items.
  • ललितपुरको सप्तखेलमा हस्तकला मेला सुरु

    ललितपुर— सप्तखेल टोल सुधार समिति र सप्तखेल मिसा पुचःको आयोजनामा बिहीबार ललितपुर महानगरपालिका– ९ स्थित बालकुमारी, सप्तखेलमा हस्तकला मेला सुरु भएको छ ।स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाजन्य सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको समितिका अध्यक्ष चैत्य महर्जनले बताए।‘समुदायस्तरले स्थानीय तह र वडाको साथ लिएर गरेको यो तेस्रो मेला हो । यो मेलाले हस्तकलाको सामग्रीको प्रवद्र्धनका साथै महिलाहरुमा व्यापार र व्यवसाय गर्ने ज्ञान र कौशल गर्ने अपेक्षा लिएको छु ।’ समितिका अध्यक्ष महर्जनले भने।मेलामा धातुका मूति, हस्तकलाजन्य उत्पादन सामग्री, लत्ताकपडा, खाद्य सामग्री, सज्जावटका गरी वि

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 513 पटक पढिएको
  • निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले निर्वाचनका निम्ति शान्तिपूर्ण वातावरण बन्नुपर्ने  बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुन्छ भने।  त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण नबन्ने  अध्यक्ष ओलीको कथन थियो । जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उनले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको हो भने।&n

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 552 पटक पढिएको
  • त्रिविको ५१औं दीक्षान्त समारोह जारी, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह जारी रहेको छ। यसपटक १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ।विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ। स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्।उत्तीर्ण विद्यार्थीहरूमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुनका लागि औपचारिक रूपमा निवेदन दिएका थिए।त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको जनाएको छ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 604 पटक पढिएको
  • ओली भन्छन युवाको आचरण र अनुशासन नै देशको ठूलो चुनौती

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको प्रमुख समस्या युवाले सही कुरा बुझ्ने, सही आचरण अपनाउने र आफूलाई सही ढङ्गले प्रस्तुत गर्ने विषयसँग जोडिएको बताएका छन् ।बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा गलत प्रवृत्ति बढ्दै गएको उल्लेख गरे । उनले देशका केही चर्चित व्यक्तिहरू नै नशामा भेटिने गरेको भन्दै त्यसलाई सामान्यीकरण गर्न खोजिएकोप्रति चिन्ता व्यक्त गरे ।उनले भने, ‘आज देशको एउटा के समस्या हो भने युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढङगले आफुलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । त्य

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 557 पटक पढिएको
  • त्रियुगा नगर क्षेत्रमा जंगली हात्तीको आतंक, दर्जनभन्दा बढी घर क्षतिग्रस्त

    गाईघाट— उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा जंगली हात्ती गाउँमा पसेपछि १२ भन्दा बढी घरमा क्षति पुगेको छ। आइतबारदेखि मङ्गलबार रातिसम्म विभिन्न वडामा हात्तीको समूहले घर भत्काउने र अन्न नष्ट गर्ने गरेको स्थानीयले बताएका छन्।त्रियुगा–५ बागचौरी, त्रियुगा–६ मोहनपुर र लालपता तथा त्रियुगा–७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती गाउँ पस्दा स्थानीय बासिन्दाको घरमा व्यापक क्षति पुगेको हो। सोमबार राति करिब ७०—७५ जतिको समूहमा आएका हात्तीले वृहस्पती सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखरेललगायतको घर भत्काएको जनाइएको छ।त्यसैगरी मङ्गलबार राति पनि वडा नं ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायतको

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 500 पटक पढिएको
  • सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते

    सिन्धुली— सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।दुर्घटनामा चालक तिनपाटन गाउँपालिका–५ का २७ वर्षीय पुष्प तामाङसहित सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएका छन्।गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा १७ च ३१०३ नम्बरको बोलेरो पिकअप सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।प्रहरीका अनुसार चालक पुष्प तामाङको हात र खुट्टामा चोट लागेको छ। साबित्रा थापाको ढाड र दुवै खुट्टामा चोट लागेको छ भने सविता बुर्जाको

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 455 पटक पढिएको
  • भारतको पूर्वी ओडिशामा स्याउको प्रयोग गरेर बनाइयो विशाल सान्ता क्लज

    एजेन्सी— विश्व प्रसिद्ध बालुवा कलाकार सुदर्शन पटनायकले क्रिसमसको पूर्वसन्ध्यामा भारतको पूर्वी ओडिशा राज्यको समुद्र तटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ प्रयोग गरेर सान्ता क्लज सिर्जना गरेका छन् ।विशाल बालुवाका मूर्तिहरू सिर्जना गरेर परिचित पटनायकले १.५ टन स्याउ प्रयोग गरेर चम्किलो रातो रंगको सान्ता क्लज बनाए । जुन लगभग ६० फिट लम्बाइ र ४५ फिट चौडाइको थियो । विश्व शान्तिको कामना गर्दै सान्ताको सिर्जन गरिएको हो ।पटनायक र उनको टोलीले लामो समय लगाएर स्थापना गरेको उक्त सिर्जनालाई आगन्तुकहरुले चमत्कार भनेका छन् । गत वर्ष, पटनायकले चकलेटबाट बालुवाको मूर्ति बनाएका थिए । सान्ता क्लजको विश्वको सबैभन्दा

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 575 पटक पढिएको
  • गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने

    काठमाडौं— सामाजिक रूपान्तरणः ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ गतेदेखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान/गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा गण्डकी प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआय

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 533 पटक पढिएको
  • कृषि र पर्यटन जोड्ने ‘सुन्तला–हाइकिङ’ काभ्रेपलाञ्चोकमा पुनः सुरु

    काठमाडौं— काभ्रेपलाञ्चोकमा कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको छ ।सुन्तलाखेतीको प्रचुर सम्भावना रहेको काभ्रेपलाञ्चोकमा एग्रोटुरिजम प्रवद्र्धन गर्ने प्रयासस्वरूप कार्यक्रम पुनः सञ्चालन गरिएको हो ।होटल एसोसिएसन अफ नेपाल ९हान० काभ्रेपलाञ्चोक च्याप्टरको आयोजनामा तथा धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो । यसमा नेपाल युवा उद्यमी मञ्च, काभ्रेपलाञ्चोक र रोटरी क्लब अफ धुलिखेलको सहकार्य रहनेछ ।कार्यक्रममार्फत स्थानीय किसान, होटल व्यवसायी र पर्यटन सेवाप्रदायकलाई प्रत्यक्

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 562 पटक पढिएको
  • विप्लव भन्छन देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ

    काठमाडौं— नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्।बिहीबारदेखि राजधानीको बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले अहिलेको चुनावी प्रक्रिया दोबाटोमा उभिएको उल्लेख गरे ।उनले सरकारले प्रस्ताव गरेको निकासमा जाने वा त्यसअगावै नयाँ राजनीतिक वातावरण निर्माण गर्ने भन्ने विषयमा बहस चलिरहेको बताए ।उनले भने, ‘चुनाव अहिले दोबाटोमा उभिएको छ । हालको राज्य र सरकारले प्रस्ताव गरेको निकासमा जाने कि त्यो निकासअगावै नयाँ वातावरण बनाएर अघि बढ्ने भन्ने बहस छ । विश्वसनीयता गुमेको र अवस्था अस्वस्थ्य भए

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 469 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.