समाचार

    Showing 7,801-7,810 of 26,643 items.
  • लबिम मल झिलिमिली, क्रिसमस पूर्वसन्ध्या उत्सवमय

    ललितपुर— क्रिसमस डेको अघिल्लो दिन (हिजो) ललितपुरस्थित लबिम मल झिलिमिली उज्यालो र रंगीन सजावटले भरियो। मल परिसरमा बालबालिका, युवा र परिवारसहित सर्वसाधारणको भीड लागेको थियो।खेलौना, उपहार र सजावटी सामग्री बिक्री गर्ने स्टलहरूमा ग्राहकको चहलपहल देखिन्थ्यो। मानिसहरू फोटो–भिडियो खिच्दै उत्सवको मजा लिँदै थिए।मल वरिपरि सडकमा सवारी चाप बढ्दा केही समय सवारी जामको अवस्था पनि देखियो। ट्राफिक प्रहरीले व्यवस्थापनमा खटिएको थियो।नेपालमा क्रिसमस पर्व धार्मिक मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ। हिजो लबिम मलको झिलिमिली दृश्यले यस वर्षको क्रिसमस पूर्वसन्ध्यालाई विशेष बनाएको छ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 546 पटक पढिएको
  • क्रिसमसले एकता र सद्भाव बलियो बनाओस्ःकार्यवाहक सभापति खड्का

    काठमाडौं— नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।डिसेम्बर २५ का दिन मनाइने क्रिसमसलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।क्रिसमसजस्ता पर्वहरूले सामूहिक भावना

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 488 पटक पढिएको
  • निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

    काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 491 पटक पढिएको
  • काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

    काभ्रेपलाञ्चोक। यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ । यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो । हानका जिल्लाध्यक

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 242 पटक पढिएको
  • प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।हिजो सम्पन्न पार्टी सचिवालय बैठकले छलफल प्रक्रियाबाट छुटेका उम्मेदवार आकांक्षीलाई पुनः सहभागी गराउने, प्रवासमा रहेका आकांक्षीको भर्चुअल मूल्यांकन गर्ने तथा छनोट प्रक्रियामा केन्द्रीय समितिका सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको हो ।पार्टी प्रवक्ता मनिष झाका अनुसार पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागिता नपाएका उम्मेदवार आकांक्षीलाई छलफल र प्रारम्भिक निर्वाचनबाहेकका छनोट प्रक

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 461 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

    काठमाडौं—  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग व्यापक रूपमा उठिरहेको छ ।हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेम

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 460 पटक पढिएको
  • आज त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह गरिदै

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ ।बिहीबार विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो ।यसपटक समारोहका प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहेका छन् ।उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 573 पटक पढिएको
  • आज ‘क्रिसमस डे’ मनाइँदै

    काठमाण्डौ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा २०२५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेको भनिएका येशु ख्रीष्टले ३ मुख्य खुसियाली मुक्ति, प्रेम र शान्ति दिएकाे विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ। विश्वका धेरै मानिसले मना

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 408 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ।दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशका तराई भूभागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 401 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २८ पैसा, सिंगापुर

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.