समाचार

    Showing 7,821-7,830 of 21,556 items.
  • रसुवाको बाढीमा २८ करोडभन्दा बढीको बीमा दाबी

    रसुवा— रसुवाको ल्हेन्देखोलामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोपछि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको क्षतिको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।प्राधिकरणका अनुसार रसुवा बाढीको क्षतिका कुल ६३ वटा बिमा दाबी परेको छ । जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ । यस्तै, नेपाल इ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 470 पटक पढिएको
  • मधेश प्रदेशका पूर्वप्रमुख झा (अहिराज) बालिका बलात्कार आरोपमा पक्राउ

    काठमाडौं— मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको भद्रकाली क्षेत्रबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए।अहिराजमाथि माघ ३ गते जिल्ला प्रहरी परिसरमा बालिका बलात्कारको उजुरी दर्ता भएको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ । उजुरी दर्ता भएपछि उनी भारततर्फ फरार भएका थिए। केही हप्तायता काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरेर उनलाई पक्राउ गरेको हो।पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि अदालतमा पेश गरिएको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पाँच दिनक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 1,044 पटक पढिएको
  • एमालेले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे बस्ने भएको छ। केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ।यसैगरी, पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 569 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 335 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।युरोपियन यूरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 296 पटक पढिएको
  • ‘स्वर्ग मेरो’ लिएर आए ओकिली

    काठमाडौं । ९० को दशकमा ‘मेरी ओकिली..’, ‘झ्याबाट हेर..’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा गीत–संगीत प्रेमीका लागि नौलो नाम होइनन् ।नेपाली–अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन् ।यी गीतले नेपाली दर्शकमाझ र विश्वभरि छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता पाएका गायक ओकिलीले आफ्नो जन्मदिनमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले य

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 267 पटक पढिएको
  • राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ : भण्डारी

    काठमाडौं ।  प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वान टु वान भेटवार्ता सकिएको छ । आइतबार च्यासल पार्टी कार्यालयमा भएको भेटवार्ता सकिएको हो । उक्त भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताइन् । साथै उनले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको र अरू विषयको जानकारी आधिकारिक च्यानलमार्फत आउने जिकिर गरिन् । उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पार्टी सदस्यता पहिले नै भइसकेको छ । आज राष्ट्रिय राजनीतिक विषयमा मात्र कुराकानी भयो अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’भण्डारी

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 352 पटक पढिएको
  • जुवातास खेल्दै गरेका ९ जना पक्राउ

    बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, जानकी टोलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।शनिबार दिउँसो इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उपमहानगरपालिका–१ का ३० वर्षीय सुसन खाती सुनारसहित ९ जनालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उनीहरूबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।यस घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 467 पटक पढिएको
  • रूपन्देहीमा हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक

    रूपन्देही- प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ।उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म ग

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 343 पटक पढिएको
  • झापामा लागुऔषध कारोबार तीव्र, प्रहरीद्वारा ५५९ पक्राउ

    झापा — खुला सीमाका कारण लागुऔषधको ओसारपसार बढेपछि प्रहरीले झापामा कारोबारी र प्रयोगकर्ताविरुद्ध कडा अभियान सुरु गरेको छ। पछिल्लो समय विर्तामोड–५ मा एक लाखभन्दा बढी क्याप्सुलसहितको गोदाम फेला परेपछि प्रहरीले यसलाई महत्त्वपूर्ण सफलताका रूपमा लिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी अभियोगमा ५५९ जना पक्राउ परेका छन् भने ३४६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष यो संख्या ४६२ थियो, जुन १६.५ प्रतिशतले वृद्धि भएको हो।इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार विर्तामोड नगरपालिका–५ मा अवस्थित मनकुमार

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 389 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा