समाचार

    Showing 7,881-7,890 of 26,643 items.
  • डोल्पामा पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाइते

    डोल्पा— जिल्लाको जगदुल्ला गाउँपालिकामा सोमबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा जगदुल्ला–६ झ्याकोटका ४० वर्षीय भक्तबहादुर बुढाथोकी, उनका ६ वर्षीय छोरा सुजन बुढाथोकी, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का ३६ वर्षीय भीमबहादुर डिसी र चालक जुम्ला चन्दननाथ नगरपालिका–९ का ३२ वर्षीय धर्मराज गिरी रहेका छन्।सोमबार साँझ जगदुल्ला गाउँपालिका–६ झ्याकोटबाट बलासातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए ।घाइतेहरूको अवस्था र उपचारबा

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 425 पटक पढिएको
  • जेन जी आन्दोलनका क्रममा फरार दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

    सिरहा— जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ।जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।यसैबीच, सिरहाको धनगढीमाई नग

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 473 पटक पढिएको
  • तनहुँमा पहिलो त्रैमासिक प्रगतिः एक करोडभन्दा बढी राजस्व संकलन, ४३४ गुनासा समाधान

    तनहुँ— जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।संघ–संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण तथा नामसारी, राहदानी दस्तुरलगायत विभिन्न शीर्षकबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।राजस्व संकलनका विवरणअनुसार संघ–संस्था दर्ता तथा नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार र न्यायिक दण्ड–जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ संकलन भएको छ।यसै अवधिमा कार्यालयमा ६१९ वटा गुना

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 462 पटक पढिएको
  • काठमाडौं महानगरले १०७ विद्यालय खारेज गर्न सूचना निकाल्यो

    काठमाडौं—  काठमाडौं महानगरपालिकामा भौतिक रुपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय खारेज हुने भएका छन् ।काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै १०७ वटा विद्यालय खारेज गर्ने भएको हो ।विभागले सूचीमा नाम प्रकाशित भएका विद्यालयहरुलाई शिक्षा विभागको सम्पर्कमा आउन भनेको छ ।महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय सातवटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको थियो ।स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ।सूचनामा भनिएको छ, ‘संलग्न सूचीमा रहेका विद्य

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 564 पटक पढिएको
  • काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी भेटियो

    काठमाडौं— काठमाडौंमा उत्पादन गरिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। सो परीक्षणका क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएपछि उक्त साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहर गरिएको हो।सरकारी मापदण्डअनुसार अर्गानोफस्फेट विषादी ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 553 पटक पढिएको
  • ६९ वर्षपछि फुर्पा तामाङले पाए नेपाली नागरिकता

    रसुवा— रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–६, सरस्यु निवासी फुर्पा तामाङले ६९ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकता प्राप्त गरेका छन। उनले पुस ७ गते जिल्ला प्रशासन कार्यालय रसुवाबाट नागरिकता लिएका हुन् ।जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार फुर्पा तामाङको नागरिकता निर्माणका लागि आवश्यक सम्पूर्ण कागजात र प्रक्रिया सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय तह, वडा कार्यालय तथा स्थानीय सरोकारवालाहरूको समन्वय र सहजीकरणमा पूरा गरिएको हो।लामो समयसम्म नागरिकताविहीन रहँदा पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित हुनुपरेको भन्दै नागरिकता प्राप्त भ

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 473 पटक पढिएको
  • पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

    वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह  विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताउनुभयो । चालु आवको पाँच महिनामा रु ७२ अर्ब २८ करोडको  पेट्रोलियम पदार्थ भित्रिएको छ । त्य

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 274 पटक पढिएको
  • मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

    भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् ।मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा रु १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो ।चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 238 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ । मंगलबार एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढ्ेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 506 पटक पढिएको
  • बंगलादेशमा राजनीतिक तनावबीच युवा नेतामाथि गोली प्रहार

    काठमाडौं— बंगलादेशमा फेरि अर्का युवकमाथि गोली प्रहार गरिएको छ । सोमबार मोतालेब सिग्दरमाथि गोली प्रहार गरिएको हो । उनी पनि बंगलादेशमा उदाएका युवा नेता हुन् ।सरिफ ओस्मान हादीको हत्या भएको ठीक १० दिनपछि सिग्दरमाथि गोली हानिएको हो । भारतीय मिडिया दि हिन्दुका अनुसार कुल्नामा गोली हानिएका सिग्दरको टाउकोको पछाडि गोली हानिएको थियो ।उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली हानिएका युवा बंगलादेशका युवाले खोलेको नयाँ दल राष्ट्रिय नागरिक पार्टीका नेता हुन् ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 539 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.