समाचार

    Showing 7,891-7,900 of 26,643 items.
  • कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम खुला

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि परीक्षा आवेदन भर्न आह्वान गरेको हो।सूचना अनुसार साधारण समयभित्र परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम दाखिला गरिसक्नुपर्नेछ। यदि उक्त अवधिमा शुल्क बुझाउन छुटेमा माघ १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाएर फाराम भर्न सकिने व्यवस्था गरिएको छ।यस पटकको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी सहभागी हुन पा

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 564 पटक पढिएको
  • आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

    देउखुरी। घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ ।तुलसीपुर उपमहानगरपालिका–१७ का सीता पन्थी साथीहरुसँग बाह्रकुने दह घुम्न आउनुभएको भेटिनुभयो ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 303 पटक पढिएको
  • बंगलादेशमा उस्मान हादीपछि अर्का नेतालाई पनि गोली हानियो

    एजेन्सि— बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि अब अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानिएको छ।बंगलादेशको अखबार 'ढाका ट्रिब्यून' का अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) को खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरलाई सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली हानिएको हो।अस्पताल स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाका अनुसार सिकदरलाई खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ।यस घटनामा सोनाडाङ्गा मोडेल प्रहरी चौकीका इन्चार्ज (अनुसन्धान) अनिमेष मण्डलले भने कि सिकदरलाई 'अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए र

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 514 पटक पढिएको
  • भयरहित वातावरणमा चुनाव गराउन रास्वपाको माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी प्रावधान गरेर जाऔं भन्न चाहन्छु । जसका कारण चुनावमा स्पष्ट तरिकाले अगाडि बढ्न पाइन्छ । हामीले पटक

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 449 पटक पढिएको
  • हामी निर्वाचनको तयारीमा छौं, तोकिएको समयमा सम्पन्न हुनुपर्छः कांग्रेस

    काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् ।सोमबार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए ।उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ । निर्वाचनबिना देशले निकास पाउँदैन । त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौं । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौं

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 482 पटक पढिएको
  • सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढ्योः सुवाल

    काठमाडौं— नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए ।उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो । पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो ।’यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 530 पटक पढिएको
  • आज दुई वटा समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।मंगलबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको छ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ ।यस्तै दिनको २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने ९इएलए०को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यस

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 474 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 272 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८० रुपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, सिंगाप

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 289 पटक पढिएको
  • आज २०८२ साल पुस ०८ गते मंगलवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन अनेक प्रकारका लाभ प्राप्त होलान्, मित्र तथा साथिभाईको सहयोग प्राप्त होला, साधन बाहन तथा सुनचाँदी प्राप्त होला, शत्रु पक्ष पनि मित्रता गास्न आउलान, आज आकस्मिक लाभ पनि होला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusचोर तथा अग्निको भय होला आँखामा समस्या आउनसक्छ, मुद्दा मामिलाको झन्झटमा फसिएला,शत्रुहरु वृद्धि होलान् , धन तथा प्रतिष्ठामा हानी हुनसक्छ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन स्वस्थ तथा तन्दुरुस्त भईएला, जप,तप,ध्यान तथा साधनामा मन जाला, विभिन्न प्रकारका ईज्जत,मान तथा प्रतिष्ठामा वृद्धि होला, समा

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 451 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.