काठमाडौं— नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २ः३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन् ।एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
मुस्ताङ— हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा २८ कृषकका जम्मा १०५ वटा पशुधन क्षति भएको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमानथाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ वटा घोडा, २१ वटा भेडा र ५ वटा याक रहेका छन् ।यी पशुधनमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट क्षति पुगेको हो । पौडेलका अनुसार प्रभावित २८ घरधुरी कृषकलाई पशुधन क्षति बापत जम्मा १५ लाख रुपैयाँ राहत रकम सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिएको छ ।
काठमाडौं— मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आयोजना हुने भएको छ ।उक्त प्रदर्शनी यही पुष ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहनेछन् ।फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादक कम्पनीहरू,
काठमाडौं— नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।उनले भने, ‘अन्य कयौँ प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउ
हुम्ला— हुम्ला जिल्लामा गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् । सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी छ वर्षीया छोरी रेविका र सर्केगाड–८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शङ्कर खड्काले जानकारी दिए। “सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल हु
काठमाडौं— नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् ।काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् । उनले भोटिङ प्रणालीबारे जानकारी दिँदै, मतदान मेसिन पहिले पनि प्रयोग हुँदै आएको र भोट हाल्न कुनै समस्या नहुने स्पष्ट पारिन् ।प्रतिनिधिहरूलाई मतदानको अभ्यास तीन दिन अगाडिनै गराइसकिएको भन्दै, कसैलाई कठिनाइ परे आवश्यक सहयोग गर्न सकिने उनको भ
काठमाडौं— एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा भएको छ।महान्यायाधिवक्ताको कार्यालयले मंगलबार ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको हो ।उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
काठमाडौं— थापाथलीस्थित प्रसूतिगृहका आईटी विभाग प्रमुख इन्जिनियर राज श्रेष्ठमाथि खुकुरी प्रहार भएको एक महिना बित्दा पनि घटनामा संलग्नहरू पक्राउ परेका छैनन् । काभ्रेको धुलिखेल नगरपालिका–७ का श्रेष्ठमाथि कात्तिक २३ गते ललितपुरको भनिमण्डलमा खुकुरी प्रहार भएको थियो । तर, घटनामा संलग्नहरू अझै पक्राउ परेका छैनन् ।अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए ।खुकुरी प्रहारबाट श्रेष्ठको बायाँ हातको कुहिनो र ढाडमा चोट लागेको थियो । घाइते श्रेष्ठलाई स्थानीयले जाउलाखेलस्थित अल्का अस्पताल पुर्याएका थिए । श्रेष्ठ उपचारपछि घर फर्किसकेक
काठमाडौं— नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ ।प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर
काठमाडौं— ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.