समाचार

    Showing 8,131-8,140 of 24,657 items.
  • हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ । मोरङको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि निरा कट्टेल तथा जानकी कुमारी केवरत र मोरङ ५ का महाधिवेशन प्रतिनिधि जिरालाल मण्डल तथा बिमलादेवी राजवंशीले आफूहरू नियमित महाधिवेशन नभई विशेष महाधि

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 262 पटक पढिएको
  • राउटे समुदायमा बिरामीको संख्या बढ्दै, उपचार गर्न नमान्दा समस्या

    सुर्खेत । फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ ।पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गए पछि समस्या देखिएको छ । सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनले बताइन् ।बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला परेका छन् ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 257 पटक पढिएको
  • बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्

    बाजुरा । बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् ।गौमुल गाउँपालिका–१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन् । निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए  । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाको टाउको पेटमा अड्किएको थियो भने खुट्टा बाहिर निस्केका थिए । स्वास्थ्यकर्मीले हातले शिशु निकालेका हुन् ।जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् । बच्चाको मृत्यु भइसकेको भनेर छाडेका थियौ अनमी रमा थापाले बताइन् । फेरि पनि श्वास जाग्छ कि भनेर

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 268 पटक पढिएको
  • यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ ।सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि  यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो । राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ । खरिद गर्न जाँदा नागरिकताको फोटोकप

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 394 पटक पढिएको
  • बलात्कारको आरोपमा १ जना पक्राउ

    उदयपुर— १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका- १० गिजिनचौर थुम्की बस्ने २५ वर्षीय भीमबहादुर थापा मगर छन् ।उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । भीमबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 554 पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    कञ्चनपुर— बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ९ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।सर्लाही, मलंगवा नगरपालिका-८ बस्ने ४५ वर्षीय प्रमोद जैसवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रमोद समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ५ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरी

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 720 पटक पढिएको
  • तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा कैलालीका चौधरीको मृत्यु

    काठमाडौं— काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा ६८ प ४१५३ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय समीर चौधरीको मृत्यु भएको हो ।महानगरपालिका- ३१ बानेश्वर बस्ने कैलालीको गोदावरी गाउँपालिका-८ का चौधरीलाई दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 588 पटक पढिएको
  • प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुगे तीनवटा रिट

    काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको कुरा बताए। ‘तीनवटा रिट आइसकेका छन्। दर्ता भइसकेको छैन। साथीहरुले अध्ययन गरिरहनु भएको छ’, प्रवक्ता कोइरालाले भने। सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो र पहिलो दिन नै अदालतमा रिट पेश भएको हो। प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ।सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनर्स्थापना गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल सफलले पनि रिट दायर गरेका छन्।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 272 पटक पढिएको
  • बिरामी राउटेहरूको अवस्था गम्भीर, उपचार नमान्दा जोखिम उच्च

    सुर्खेत— फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश व्यक्ति बिरामी परेका छन् । लेकबेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा पछिल्लो एक हप्तामा २५ जना बिरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ । सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनको भनाइ छ ।बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला परेका छन् । डेंगुलगायतका अन्य स्वास्थ्य परिक्ष

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 574 पटक पढिएको
  • विपिनको शव पहिचान प्रक्रिया सुरू, इजरायल सरकारले नै नेपाल पठाइदिने

    काठमाडौं— हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव सैनिक अस्पतालमा राखिएको छ ।अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएसँगै विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा राखिएको हो ।डिएनए रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।राजदूत धनप्रसाद पण्डितका अनुसार विपिनको शव पहिचान भएपश्चात इजरायल सरकारले नै कफिनमा बन्द गरेर उनको शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 724 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.