समाचार

    Showing 8,461-8,470 of 26,652 items.
  • चितवन राईनोजद्वारा पोखरा एभेन्जर्सलाई दियो १२१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राईनोजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको हो । चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको थियो । चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् । चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिक

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 330 पटक पढिएको
  • चितवन राईनोजले टस जितेर पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा चितवन राईनोजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको हो ।चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल बुर्तेल रहेका छन् । चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।पोखरा र चित

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 301 पटक पढिएको
  • उत्तर–पूर्वी चीनमा सजावटी माछाको व्यापार फस्टाउँदै, दैनिक १० देखि २० हजार माछा विक्री

    काठमाडौं । चीनको उत्तर–पूर्वी शहर लियाओयाङमा सजावटी (अर्नामेन्टल) माछाको उत्पादन र व्यापार पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको छ । स्थानीय किसानहरूले ग्रीनहाउस र हीटिङ प्रणालीको प्रयोग गरी चिसो मौसममा पनि उत्पादनलाई स्थिर राख्न सफल भएका छन् । जसका कारण दक्षिण चीनमा उत्पादन घट्ने समयमा उनीहरूले देशभरको बजारमा आपूर्ति गर्न सकेका छन् ।लियाओयाङका एक अनुभवी माछा उत्पादक झाङ रेनका अनुसार उनी दैनिक १०,००० देखि २०,००० वटा सजावटी माछा बेच्दछन् । चिनियाँ नयाँ वर्षजस्ता चाडपर्व वा उपभोग बढ्ने समयमा यो संख्या झन् बढेर ४०,००० देखि ५०,००० सम्म पुग्छ ।झाङ भन्छन,‘साधारण दिनमा दैनिक १०,००० देखि २०,००

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 201 पटक पढिएको
  • आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए । उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुदैँन्, रोजगारी हुदैँन्, बाटोहरु राम्रो बन्दैन्, अस्पतालहरु राम्रो बन्दैन्, राम्रो सेवा पाइदैँन्, विद्यालयहरुलाई सञ्चालन गर्न सकिदैँन् । यस्ता धेरै कुराहरु आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरुले दुःख पाएको हो । आर्थिक विपन्नतालाई सम्पन्नता

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 217 पटक पढिएको
  • टुकुचामा निर्माणाधिन ढल प्रशोधन केन्द्रको अवलोकन गर्दै घिसिङले भने : काम चाँडै सकिन्छ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन् । शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए । ‘यो खेर जाने पानीको प्रसोधन गर्ने ठाउँ हो । टुकुचाबाट ढलहरु मिसिएर आउने सम्पूर्ण पानीलाई सफा गरेर यसबाट निस्केको फोहोरलाई निकालेर सफा पानी बनाई बागमतीमा फाल्छौ । यो एडिबीको सहयोगमा काम भइ

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 229 पटक पढिएको
  • सुख्खाग्रस्त गाउँमा हरियाली : शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

    रामेछाप । मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर अछामीलाई धेरैले ‘सामाजिक विषय पढाउने शिक्षक’ भनेर चिन्छन् ।तर उनको वास्तविक पहिचान अब कक्षाकोठामा मात्र सीमित छैन । उनी स्थानीय किसानलाई सम्भावनाको नयाँ बाटो देखाउने प्रेरणाका स्रोत पनि बनेका छन् । मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका अछामीले  विद्यालयबाट बचेको समयलाई  कृषिमा खर्च गरेका छन् । उनले सुरु गरेको ड्रयागनफ्रुट खेती अहिले नमुना बगैँचा बनेको छ । कहिल्यै पानी नपुग्ने, चर्को घाम, सधैँ सुक्खा– भटौली गाउँको भूगोल नै त्यस्तो छ । यस्तो ठाउँमा व्यावसायिक फलफूल खेती सम्भव

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 215 पटक पढिएको
  • चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन

    रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।उनीहरुले शनिबार पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए । राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग सुचारु गरेको हो ।हिजो साँझ चन्द्रपुर नगरपालिका वार्ड नम्बर ६ मोथिहायी पुल नजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहट वृन्दावन नगरपालिका वडा नम्बर २ बिश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 258 पटक पढिएको
  • भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् । शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताए । उनले भने, ‘यति धेरै परिवर्तन भएको छ । तैपनि केही मान्छे व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छन् । वितेको तीन महिनामा चाही परिवर्तन भयो कि । तीन महिनामा परिवर्तन भयो भनेर बौद्धिक व्यक्तित्वहरुको विश्लेषण र तर्क सुन्दा दया लाग्छ । जे होस प्रतिग

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 263 पटक पढिएको
  • रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते

    रौतहट— रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिकमा सवारी दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका हुन् । दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहट बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा १२ वर्षीय युवराज पटेल  ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।  चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रनिगाहपुर त

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 208 पटक पढिएको
  • सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

    मकवानपुर— हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको छ । कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना हटाइएको हो ।२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियोे ।हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्र

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.