समाचार

    Showing 8,531-8,540 of 24,658 items.
  • सर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

    सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।सम्भावित विपदजन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको छ

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 334 पटक पढिएको
  • राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

    काठमाण्डौ  ।  अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्तिलोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् । मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 398 पटक पढिएको
  • काठमाडौं जाँदै गरेको बस कपिलबस्तुमा दुर्घटना; २२ यात्रु घाइते, चालक फरार

    कपिलबस्तु— धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस कपिलबस्तुको शिवराज नगरपालिका–१ स्थित बनकसबासमा दुर्घटनामा परेको छ। पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्।ना १ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए। उक्त बसमा करिब ४० जना यात्रु सवार मध्ये २२ जना घाइते भएको डीएसपी सिंहको भनाइ छ।घाइतेहरूलाई तत्काल उद्धार गरी चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनापछि बस चालक फरार रह

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 534 पटक पढिएको
  • भारत आउँदै गरेको रुसी तेल ट्यांकर फ्रान्सद्वारा नियन्त्रण, क्याप्टेनमाथि मुद्दा चल्ने

    एजेन्सी— फ्रान्सले एट्लान्टिक तटमा एक रुसी तेल ट्यांकरलाई नियन्त्रणमा लिएको छ र त्यसका क्याप्टेनमाथि मुद्दा चलाउने तयारी गरेको छ।अधिकारीहरूलाई सहयोग नगरेको आरोपमा क्याप्टेनविरुद्ध आगामी फेब्रुअरी २३ देखि ब्रेस्ट शहरमा सुनुवाइ शुरू हुनेछ।फ्रान्सेली नौसेनाले गत आइतबार उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो।रुसको प्रिमोर्स्क तेल टर्मिनलबाट ७ लाख ५० हजार ब्यारेल कच्चा तेल बोकेर भारततर्फ गइरहेको अवस्थामा नौसेनाले ट्यांकरलाई फ्रान्सको एट्लान्टिक तटमा रोकेर सेन्ट(नजेर बन्दरगाहतिर लगेको थियो।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले यो जहाज रुसको पुरानो ट्यांकरहरूको समूहको हिस्सा भएको दाबी गरेका छन्।उनका

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 684 पटक पढिएको
  • काठमाडौं फिर्ता भई सुरक्षित हुनु: नागढुंगाबाट प्रहरिको माइकिङ

    काठमाण्डौ ।  नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गरेर भनिरहेका छन् । प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ।प्रहरीले ‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरु, तपाईंहरुलाई यहाँबाट पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,’ धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएक

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 396 पटक पढिएको
  • तुइन खोलामा फेरि पहिरो, मुग्लिन–नारायणघाट सडक ठप्प

    काठमाडौं— भारी वर्षाका कारण तुइन खोलामा पहिरो गएको छ । पहिरोका कारण नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीय प्रशासनले यात्रामा रोक लगाउने तयारी भएको प्रहरीको उच्च स्रोतले जनाएको छ । तुइन खोलामा दशैँ शुरु भएदेखि नै पहिरो जाने क्रम रोकिएको छैन । देशैभर सचेतना अपनाउन भन्दाभन्दै पनि विशेष परिस्थितिका कारण यात्रा गरिरहेका यात्रुहरु अलपत्र परेका छन् । देशैभरका स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरिरहेका छन् । 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 568 पटक पढिएको
  • डोटीमा प्रहरी जवान मृत फेलाः टाउकोमा गम्भीर चोट

    डोटी— जिल्लाको शिखर नगरपालिका–८ तिलताली निवासी प्रहरी जवान शंकर बलायर मृत अवस्थामा फेला परेका छन्। शुक्रबार राति करिब १२ः१५ बजे गोपघाट भन्ने स्थानमा एक व्यक्ति लडेको सूचना पाएपछि प्रहरी टोली पुग्दा बलायर मृत अवस्थामा भेटिएका हुन्।बलायरको टाउकोमा गम्भीर चोट देखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।बलायर हाल रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। उनी नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारामा दरबन्दी भएका थिए। असोज ७ गतेदेखि लागु हुने गरी उनी १८ दिनको बिदामा डो

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 471 पटक पढिएको
  • देशभर झरीः भोलिसम्म भारी वर्षाको सम्भावना, नागरिकलाई सतर्क रहन मौसम विभागको आग्रह

    काठमाडौं— देशभर बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव कायम रहेकोले अहिले अधिकांश भू–भागमा झरी परिरहेको छ। काठमाडौं उपत्यकालगायत धेरै ठाउँमा हिजो बेलुकीदेखि नै झरी जारी छ, जसले जनजीवन प्रभावित बनाएको छ।रातभर परेको पानीका कारण विभिन्न राजमार्गमा पहिरो खसेको खबर आएको छ, जसले यातायात अवरुद्ध भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।महाशाखाले विशेषगरी मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा धेरै भारी वर्षा हुनसक्ने चेतावनीसमेत दिएको छ। मेघगर्जन र चट्य

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 532 पटक पढिएको
  • नारायणगढ–नागढुंगा सडकखण्ड अवरुद्ध

    काठमाण्डौ । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा सडक आवागमन रोकिएको हो।दुवै सडकखण्ड दुईतर्फी नै बन्द रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, राति करिब २ बजे बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो।स्थानीय, प्रहरी र यात्रुको प्रयासमा केहीबेरमा बाटो खुलाइएको थियो। तर माथिबाट फेरि पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको प्रहरीले जनाएको छ।लगातारको वर्षासँगै ढुंगा–माटो खस्ने क्रम नरोकिएकाले पहिरो प

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 367 पटक पढिएको
  • टिकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

    काठमाण्डौ  ।  आज आश्विन शुक्ल द्वादशीमा समेत दशैँको टीका लगाउनेको चहलपहल जारी छ । विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो।नौरथको नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको हो । बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपालको उपत्यकासहित पूर्व क्षेत्रमा भने दशैँ पूर्णिमासम्म मनाइन्छ ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 399 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.