समाचार

    Showing 8,541-8,550 of 26,652 items.
  • भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

    चितवन। भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट  सेवा प्रवाह गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 292 पटक पढिएको
  • बाजुरामा सात मतदानस्थल थपिए

    बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् ।  जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्याल

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 254 पटक पढिएको
  • हाम्रा पर्वले नेपाललाई विविधतामा एकता चिनाउने अवसर प्रदान गर्दै आएका छन्ः उपराष्ट्रपति यादव

    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनुभएको छ ।  उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 301 पटक पढिएको
  • काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

    भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको  पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो ।   मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् रु आठ करोड

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 319 पटक पढिएको
  • छतबाट खसेर किशोरीको मृत्यु

    चितवन। रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । उनी  सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् । 

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 315 पटक पढिएको
  • काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

    काठमाडौं— काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 391 पटक पढिएको
  • पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    काठमाडौं— विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ ।पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तैमध्येका एक संस्कृतिविद् हरिप्रसाद सोडारी भन्छन पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले सुनाए ।मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउछन। विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री र

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 371 पटक पढिएको
  • चिकित्सकको नाम–फोटो व्यावसायिक विज्ञापनमा प्रयोग नगर्न मेडिकल काउन्सिलको कडा चेतावनी

    काठमाडौं— कन्सल्टेन्सी तथा निजी व्यावसायिक संस्थाहरूले चिकित्सकको नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गरी व्यापारिक प्रचार–प्रसार बढाएका घटनापछि नेपाल मेडिकल काउन्सिलले कडा चेतावनी दिएकोे छ । काउन्सिलका रजिस्ट्रार डा.सतिशकुमार देवद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य कानुन विपरीतमात्र नभई व्यावसायिक आचारसंहिताविरुद्ध रहेको उल्लेख गरिएको छ ।काउन्सिलले चिकित्सकले कुनै पनि कन्सल्टेन्सी, क्यारेयर–गाइड सेवा, शैक्षिक एजेन्सी वा निजी व्यापारिक संस्थाको बोर्ड, पोस्टर, ब्यानर, डिजिटल साइनबोर्ड तथा ब्रान्डेड सामग्रीमा आफ्नो नाम, फोटो वा डिग्री राखेर प्रमोसन गर्न नपाइने स्पष्ट पारेको छ । ‘कोड अफ इथिक्स एन्ड प

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 428 पटक पढिएको
  • देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छः उपराष्ट्रपति

    काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताएका छन् ।उधौंली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।उपराष्ट्रपति यादवले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यस पर्वह

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 340 पटक पढिएको
  • आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै

    काठमाडौं— आज अन्तरराष्ट्रिय बैंक दिवस मनाइँदैछ । बिहीबार बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य  कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यस

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 330 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.