समाचार

    Showing 8,551-8,560 of 26,652 items.
  • मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान

    हेटौँडा— जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदै २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनमा सहभागी मकवानपुरका सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गरेका छन् ।जारी विज्ञप्तिमार्फत खत्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण तथा प्रदेश संरचनाको आवश्यकताअनुसार पुनर्संरचना लगायतका मूल मागलाई बदनाम गर्न विभिन्न तत्व सक्रिय भएपछि जेन–जी पुस्ता एकजुट भएर अघि बढ्नु आवश्यक भएको बताएका छन् ।खत्रीले आन्दोलनका सहभागीहरूलाई अनावश्यक रूपमा पक्राउ र कुटपिटजस्ता गतिविधि बढिरहेको उल्लेख गर्दै यस परिस्थितिमा सम्पूर्ण जेन–जी एकताबद्ध

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 336 पटक पढिएको
  • बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप, ६ मतदानस्थल स्थानान्तरण

    बाजुरा— बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप गरिएका छन् ।  आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदानस्थल थपिएका हुन् ।मंसिर १४ गते जिल्ला निर्वाचन कार्यालय बाजुराले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ वटा नयाँ मतदान स्थल थप गरेको हो ।यहाँको स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिकामा नयाँ मतदानस्थल थप गरिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नं.–३ जुकोटलाई विभाजन गरी शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल राखिएको छ । बुढीनन्दा नगरपालिका–३ मा मदन आश्रित आवि बड्डाला, हिमाली गाउँपालिका–१ मा शुनन्दा आवि बाम, वडा न

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 339 पटक पढिएको
  • आज एनपीएलमा काठमाडौं र पोखरा, चितवन र सुदूरपश्चिम भिड्दै

    काठमाण्डौ ।  एनपिएलमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ११:४५ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ।पहिलो खेलमा काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। काठमाण्डौले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ।आजको खेल जित्न सके काठमाण्डौले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ। पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ।आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 335 पटक पढिएको
  • आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइदै

    काठमाण्डौ  ।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 239 पटक पढिएको
  • आज उँधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

    काठमाण्डौ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउछन् ।किराँत

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 402 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 263 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्री

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 263 पटक पढिएको
  • आज २०८२ साल मंसिर १८ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिम

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 466 पटक पढिएको
  • मेयर महर्जनद्वारा यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

    काठमाडौं । एकेडेमी अफ कुलिनरी आट्र्स कलेजले आयोजना गरेको यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनबाट पुरस्कार वितरण गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए । कलेजले गत मङ्सिर १४ गते प्रतियोगिताको समापन गरेको थियो । सोही प्रतियोगिताको पुरस्कार भने आज वितरण गरिएको हो । उक्त समारोहमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह लगायत विशिष्ठ अतिथ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 263 पटक पढिएको
  • मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान

    जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ ।प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 216 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.