समाचार

    Showing 8,611-8,620 of 26,652 items.
  • मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् ।मंगलबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए । उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए । उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिन

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 219 पटक पढिएको
  • एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

    वीरगञ्ज— पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षे कुमार स्याङ्तानलाई पक्राउ गरेको जानकारी दिए। दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 530 पटक पढिएको
  • सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ । सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो ।त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो खरिद बिक्री ५६ हजार ९ पटकको कारोबारमा भएको ह

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 571 पटक पढिएको
  • मार्तडीमा भीषण आगलागी, करोडौंको क्षति

    बाजुरा— बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टोरमा मंगलबार दिउँसो करिब सवा १२ बजेतिर आगलागी भएको हो ।बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको एकिन विवरण भने प्रहरीले संकलन गरिरहेको छ ।बडीमालिका नगरपालिका–८ नयाँ बसपार्क जाने बाटो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको हो।आगलागीबाट ग्यारेज सहितकासम्पूर्ण  सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जो

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 538 पटक पढिएको
  • एनपीएलमा जनकपुरको पहिलो जित

    काठमाडौं— दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्न सफल भएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो ।चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको थियो भने जनकपुरले १७.३ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १८० रन बनाएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । 

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 549 पटक पढिएको
  • मन्त्री घिसिङबाट निर्माणाधीन बाल अस्पतालको निरीक्षण

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैय्याको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् ।मन्त्री घिसिङले सोमबार कियोजबाट  झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 622 पटक पढिएको
  • मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट

    मुगु— नेकपा एमालेको ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्ड विपरीत भएको आरोपसहित स्थानीय नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् ।आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको भए पनि एकै गाउँका तीन जना प्रतिनिधि छनोटमा पर्नु जालझेल र मापदण्ड विपरीत भएको भन्दै विरोध गरिएको हो ।मुगुमा खुला, महिला, युवा र दलित समावेशी समूहबाट प्रतिनिधि चयन भए पनि सो प्रक्रिया अपारदर्शी र पक्षपातपूर्ण रहेको भन्दै केही स्थानीय तथा कार्यकर्ताहरूले असन्तोष व्यक्त गरेका छन् ।मुगु

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 544 पटक पढिएको
  • तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते

    रौतहट— रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा  चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो । स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालका अनुसार सवारी दुर्घटनाका कारण सडकछेउमा रहेको विजय साहको होटलमा समेत क्षत

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 476 पटक पढिएको
  • चलचित्र विधेयकका सन्दर्भमा सरकार स्पष्ट छः मन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताएका छन् । मंगलबार विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँगको छलफलमा उनले यो विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको भन्दै सोही कारण विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सरकार सैद्धान्तिक छलफलमा सहभागी भएको बताए । उनले भने, ‘सरकार विधेयकको सन्दर्भमा अलमलमा छैन् । सरकार स्पष्ट छ । एकदमै स्पष्ट छ । त्यही भएर नै यो विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सैद्धान्तिक छलफलमा सहभागि भएका हौं र दफावार छलफलको लागि पनि अगाडि बढ्ने कुराहरुमा सरकारले हुदैँन् भने

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 522 पटक पढिएको
  • तीन फिट उचाइ भएका गणेश: जसले पूरा गरे डाक्टर बन्ने सपना

    एजेन्सी— भारत गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र छ । शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन् । नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन् । चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरू पार गरेका छन्। कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो ।तर मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 635 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.