समाचार

    Showing 8,661-8,670 of 21,600 items.
  • प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ

    विराटनगर  ।    मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित मोरङको पथरीशनिश्चरे नगरपालिका-१० भुटानी शरणार्थी क्याम्प स्थितबाट पक्राउ परेका सोही स्थानका २४ बर्षीय पुष्पलाल डाँगी र २३ बर्षीय अनिल राईको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ ।यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट ९ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २९ बर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो भने इलाका प

    • प्रकाशित मितिः असार ९, २०८२
    • 232 पटक पढिएको
  • मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार हालको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रह

    • प्रकाशित मितिः असार ९, २०८२
    • 273 पटक पढिएको
  • हेटौँडामा जारी नेकोस कप महिला भलिबल : एपिएफ र गण्डकीको विजयी सुरुआत

    हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौँडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित ग‍र्यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई

    • प्रकाशित मितिः असार ९, २०८२
    • 286 पटक पढिएको
  • वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रिए इन्धनबाट चल्ने ५९ हजार ४७४ गाडी

    वीरगञ्ज— वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ ।चालु आवको ११ महिनामा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट रु पाँच अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छभने रु दुई अर्ब ६३ करोडका एक हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

    • प्रकाशित मितिः असार ९, २०८२
    • 418 पटक पढिएको
  • वास्ता नगरेको भन्दै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरे

    वीरगञ्ज— श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।‘प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’ उनले भने, ‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देख

    • प्रकाशित मितिः असार ९, २०८२
    • 418 पटक पढिएको
  • मुगुमा करेन्ट लागेर १० ओटा खच्चरको मृत्यु, स्थानीयमा आक्रोश

    मुगु— विद्युत सेवा चुहावट हुँदा छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा १० खच्चर मरेका छन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा सो करेन्ट लागेको थियो ।प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गरे । उनले भने, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ हामीलाइ थाहै भएन, एक्कासी १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि कर

    • प्रकाशित मितिः असार ९, २०८२
    • 1,243 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा

    • प्रकाशित मितिः असार ९, २०८२
    • 239 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशीका केही स्थान तथा मधेस, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागको केही स्थान तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई

    • प्रकाशित मितिः असार ९, २०८२
    • 268 पटक पढिएको
  • सांसद सुमन शर्मा रायमाझी कानुनी घेरामा, पक्राउ पुर्जी जारी

    पर्सा— लुम्बिनी प्रदेशकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी जनमत पार्टीकी प्रदेशसभा सदस्य हुन् ।पर्सा जिल्ला अदालतले जेठ १६ गते रायमाझीलाई फरार प्रतिवादीका रूपमा देखाउँदै पक्राउ पुर्जी जारी गरेको हो । अदालतको आदेशका आधारमा असार ३ गते पर्सा प्रहरीले बर्दिया प्रहरीलाई रायमाझीको घरठेगाना खानतलासी गरी पक्राउ गर्न पत्राचार गरेको छ ।पर्साको पोखरियाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएकी थिइन् । रायमाझीले चौहानसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएर चेक दिएकी थिइन् । तर, ती चेक बैंकमा

    • प्रकाशित मितिः असार ८, २०८२
    • 250 पटक पढिएको
  • इरानआक्रमणपछि अमेरिकामा सुरक्षा व्यवस्था कडा

    काठमाडौं—  इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि न्युयोर्क र वासिंगटन डिसीसहित केही ठूला शहरमा सुरक्षा बढाइएको छ ।न्युयोर्क प्रहरी विभागले इरानको अवस्थाबारे निरन्तर निगरानी राखेको बताएका छन् ।यस्तै वासिंगटन डिसीको महानगर प्रहरीले अवस्थाबारे जानकार रहेको भन्दै गुप्तचर एजेन्सीसँग मिलेर गोप्य जानकारीहरू संकलन गरिरहेको जनाएको छ । यस्तै अमेरिकाका धार्मिक स्थलमा पनि सुरक्षा बढाइएको छ । इरानले अमेरिकाले इरानमाथि हमला गरेमा अमेरिकी सैन्य अड्डालाई समेत निशाना बनाउने बताएको थियो । इरानले अमेरिकी हमलासँगै अब कूटनीतिक वार्ताको कुनै अर्थ नभएको बताइसकेको छ ।विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 322 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा