समाचार

    Showing 8,711-8,720 of 26,652 items.
  • एमाले प्रतिनिधि निर्वाचन: मोरङ ६ मा ओलीपक्षीय सबै उम्मेदवार पराजित

    काठमाडौं—  मोरङ क्षेत्र नम्बर ६ नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू पराजित भएका छन्।यो निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेताहरू विजयी भएका छन् । अध्यक्ष ओली इतर नेता विनोद ढकालले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको प्रतिनिधित्व गरेका थिए।ढकाल समूहका सबै नेताहरू विजय भएका हुन् । आइतबार सम्पन्न भएको मतगणनामा सम्पूर्ण क्लस्टरमा ढकाल पक्षी नेताहरू विजय भएबीना ढकाल, पीताम्बर श्रेष्ठ, रमेशकुमार पोख्रेल, सत्यनारायण चौधरी र युवा कोटामा सन्तोष घिमिरे विजयी भए। महिला प्रतिनिधितर्फ सरस्वती खरेल विजय भएकी छन् ।अध्यक्ष केपी ओलीका कट्टर आल

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 520 पटक पढिएको
  • प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

    काठमाडौं— विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको हो । समारोहमा संचारमन्त्री जगदीश खरेलपनि सहभागी थिए । एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने भएको छ ।  साथै एकता महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने भएको छ । एकता समारोहमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु भवन भट्ट, कुमार पन्तलगायत संस्थापक भीम उदासलगा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 509 पटक पढिएको
  • स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

    चितवन— चितवनको माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण प्रकरणमा संलग्न ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईका अनुसार अस्पतालले दिएको निवेदनका आधारमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतमलाई पक्राउ गरिएको हो।गत बिहीबार राति करिब १०ः१५ बजे मादक पदार्थ सेवन गरेको अनुमान गरिएका युवाहरूको समूह अस्पताल परिसरमै प्रवेश गरी चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको कुटपिटका कारण उनीहरू घाइते भएका थिए।बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धीरञ्जनकुमार साहका अनुसार आक्रमणका क्रम

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 519 पटक पढिएको
  • जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ

    चितवन— पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।उनीहरुको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 552 पटक पढिएको
  • प्रचण्ड-माधव विरुद्ध पोखरामा उत्रिए व्यापारीहरू

    काठमाडौं—पोखरामा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालविरूद्व व्यापारीहरू उत्रिएका छन् ।आज पोखराको मानवअधिकार चोकमा नेकपाले आयोजना गरेको सभास्थलमा व्यापारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।नेकपाको कार्यक्रमले व्यापारीहरू मारमा परेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । व्यापारीहरूले गरी खान देऊ लगायतका माग राख्दै प्रदर्शन गर्दै सडकमा सभा आयोजना गर्न दिनेलाई कारबाही गर्न समेत उनीहको माग छ ।आज आयोजित नेकपाको सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 492 पटक पढिएको
  • एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छः प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् ।  आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 596 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल भन्छन एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।   आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।  उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । एउटा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 581 पटक पढिएको
  • औषधि ऐनको अव्यावहारिक प्रावधान खारेज गर्न माग गर्दै व्यवसायीहरूको धर्ना

    काठमाडौं— औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ मा रहेको आफूहरूका लागि अव्यावहारिक र कार्यान्वयन गर्न कठिन प्रावधान खारेज गर्न माग गर्दै आइतबार औषधि व्यवस्था विभागको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।उनीहरुका अनुसार सम्बन्धित दफामा रहेका कतिपय नियमहरू हालको संरचना, बजार प्रणाली र सेवाको पहुँचसँग मेल नखाने खालका छन्। उनीहरूका अनुसार विधेयकका प्रावधान कडाइका नाममा अत्यधिक जटिल र व्यवहारमै नलाग्ने भएकाले व्यवसाय सञ्चालनमा अनावश्यक बोझ थपिएको बताएको छ।धर्नामा सहभागी व्यवसायीहरूले विभागका अधिकारीहरूलाई मागपत्र समेत बुझाएका छन्। उनीहरूले नियमनलाई वैज्ञानिक, व्यवहारिक र वर्तमान स्वास्थ्य सेवा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 562 पटक पढिएको
  • फरार पाँचजना कैदी धनकुटामा पक्राउ

    धनकुटा— भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका पाँच कैदी धनकुटामा पक्राउ परेका छन्। फरार समूहमा अदालतले अढाइ वर्षदेखि २५ वर्षसम्मका कैद सजाय सुनाएका कर्तव्यज्यान, अंगभंग र लागूऔषधसम्बन्धी मुद्दाका दोषी समावेश छन्।सबैभन्दा कडा सजाय भोगिरहेका धरान-२० का ३२ वर्षीय सागर राईलाई प्रहरीको टोलीले छथर जोरपाटी गाउँपालिका–२, आलेगाउँबाट पक्राउ गरेको हो। उनी कर्तव्यज्यान मुद्दामा २५ वर्षका लागि सजाय पाएका थिए।धनकुटाकै चौबिसे–२ धारापानीका रमेश माङमी मगरलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। उनी कर्तव्यज्यान, जबर

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 513 पटक पढिएको
  • बझाङमा ४.४ रेक्टर स्केलको भूकम्प

    बझाङ— आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको साइपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । साइपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । साइपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बझाङसहित बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।  

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 528 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.