समाचार

    Showing 8,741-8,750 of 26,652 items.
  • आज एनपिएल अन्तर्गत कर्णाली याक्स र काठमाडौँ गोर्खाज

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै छन् ।आजको खेल अपराह्न ३:३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चार वटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर  तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 393 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 306 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बि

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 304 पटक पढिएको
  • आज २०८२ साल मंसिर १४ गते आइतबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन भावुक र उत्ताउलो बन्न सक्ने समय हो। अनावश्यक खर्च बढ्ने सम्भावना छ। हठीपनाले कार्यमा बाधा आउने डर रहन्छ। सरकारी निकायसँग सावधानी अपनाउनु हितकर हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शुभकार्यको चर्चा हुनेछ। आँट र परिश्रमले महत्वपूर्ण कार्य सफल बन्नेछ। आदर्श व्यक्तिको सहयोगले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा प्रगति हासिल हुनेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)आँटेका कामहरू सम्पन्न हुनेछन्। आकस्मिक धनलाभको सम्भावना छ। महिला वर्गको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु,

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 414 पटक पढिएको
  • जयवागेश्वरी क्षेत्रमा नवदुर्गा भवानीको जात्रा

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले वर्षमा एकपटक आउने नवदुर्गा भवानीको जात्रालाई सक्दो सहज र भव्य बनाउने पहल गरिरहेको बताएका छन् । शनिबार वडामा भएको जात्राको क्रममा उनले काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले जात्रालाई सहयोग र समर्थन गरिरहेको भन्दै यसको पूरै जिम्मेवारी भने जयवागेश्वरी युवा क्लबले गरिरहेको बताए । उनले भने, ‘भक्तपुरबाट जयवागेश्वरी पशुपति क्षेत्रमा ल्याउने यो नवदुर्गा भवानीको जात्रा वर्षमा एकपटक मात्र यहाँ आउने गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले यसलाई सहयोग र समर्थन गरिरहेको अवस्था छ । त्यसैगरि यसको प

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 296 पटक पढिएको
  • दलित, आदिवासी, पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रह

    जनकपुर । जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात ह

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 268 पटक पढिएको
  • एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौ जित

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले १७.४ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १४८ रन बनाएर जित हासिल गरेको हो । जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको मात्र लक्ष्य दिएको थियो । जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा ५ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 242 पटक पढिएको
  • जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको लक्ष्य दिएको हो । जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । जनकपुरले आजको खेलमा कप्तान परिवर्तन गरेर आजको लागि कप्तानी वायन पार्नेललाई दिइएको छ । सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 278 पटक पढिएको
  • बिग बोस १९ मा सलमान र माधुरीको उपस्थितिले उत्साह

    एजेन्सी । सुपरस्टार सलमान खान र बलिउड आइकन माधुरी दीक्षित बिग बोस १९ को साप्ताहिक छायांकनका लागि पुग्दा माहोल उत्साहजनक बनेको छ । उनीहरूको उपस्थितिले स्टुडियो बाहिर भेला भएका चालक दल र प्रशंसकहरूमा उत्साह छाएको थियो । धेरै सिजनदेखि  कार्यक्रम होस्ट गर्दै आएका सलमान खान आफ्नो सिग्नेचर शैलीमा आइपुगेका थिए । व्यापक रूपमा हेरिएको रियालिटी शृङ्खलालाई केन्द्रित गर्ने उच्च ऊर्जा व्यक्तित्व भएका कारण यस पटक उनको उपस्थितिले निकै तारिफ पनि पाएको छ । त्यस्तै माधुरी दीक्षितले यस हप्ताको एपिसोडमा नयाँ स्पार्क थप्दै विशेष खण्डको लागि उनीसँग सामेल भएकी हुन् ।यो जोडीले प्रतियोगीहरूसँग अन्तरक्रि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 251 पटक पढिएको
  • गोलबजारको एक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम

    सिरहा । विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएकोप्रति स्थानीय आक्रोशित बनेका छन् । विद्यालयभित्र कुनैपनि कार्यक्रम गर्नुअघि सम्बन्धित निकायको अनुमति लिनुपर्ने कानुनी व्यवस्था हुँदापनि सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ मा रहेको श्री माध्यमिक विद्यालय बल्कावाका व्यवस्थापन समितिका अध्यक्ष तथा हेल्पिङ हर्ट नेपालका अध्यक्ष जियाउदिन खान र बिद्यालय प्रशासनले कानुनी व्यवस्थालाई वेवास्ता गर्दै कक्षा संचालनकै समयमा बिद्यालय परिसर प्रयोग भएको स्थानीयको भनाइ छ । विद्यार्थीको पठन–पाठन प्रभावित पार्दै विद्यालय परिसर निजी प्रयोजनमा दुरुपयो

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 261 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.