समाचार

    Showing 8,801-8,810 of 26,652 items.
  • धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    जनकपुर— धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध  गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।आयोगले जनाए अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 396 पटक पढिएको
  • बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह

    बाजुरा— बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्। उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए । उनका अनुसार वेपत्ता बालकको खोजीको लागी

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 499 पटक पढिएको
  • हेटौंडा–९ मा स्थानीयको अवरोधपछि सडक नापजाँच रोकियो, पुरानो सडक कायम गर्न माग

    हेटौंडा— २५/२५ मिटर सडक विस्तारको तयारी स्वरूप डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा–९ क्षेत्रमा सडक नापजाँच तथा रेखाङ्कन गर्ने कार्य अघि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गरेपछि काम रोकिएको छ । मास्टरचोकबाट कर्रा पुलसम्मको क्षेत्रमा हिजो बिहान सुरु गरिएको रेखाङ्कन कार्यलाई स्थानीयले रोक्का लगाएका थिए । उनीहरूले क्षतिपूर्ति बिना संरचना हटाउन नहुने, पुरानो नक्साअनुसार सडक पुनस्र्थापना हुनुपर्ने, तथा सडक नापजाँच अघि स्पष्ट मुब्जा (मोहडा) नदिइएको भन्दै आपत्ति जनाए।स्थानीय बासिन्दाहरूले आफूहरू ‘विकास विरोधी होइन’ तर वैधानिक प्रक्रिया र क्षतिपूर्तिको व्य

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 349 पटक पढिएको
  • कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

    मुस्ताङ। अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे ।माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खा

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 328 पटक पढिएको
  • आज एनपीएलमा चितवन र काठमाडौं, कर्णाली र विराटनगर भिड्दै

    काठमाण्डौ  ।  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४:०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।चितवन चार अंकका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा दुई अंक मात्र बटुलेको छ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 422 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठामाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 371 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 274 पटक पढिएको
  • आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन अनुकूल रहनेछ। अवरोध हट्नेछन्, सहयोग प्राप्त हुनेछ, र व्यवसायिक क्षेत्रमा लाभ हुने संकेत छ। नयाँ योजनाहरू प्रारम्भ गर्ने अवसर जुर्न सक्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यमा सुधार आउनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। मेहनतअनुरूप सफलता पाइनेछ, र परिवार तथा मित्रको सहयोगले आत्मबल उच्च रहनेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)मिश्रित दिन रहनेछ। स्वास्थ्यसम्बन्धी समस्या देखिनसक्छ, जसले कार्यक्षमता प्रभावित पार्न सक्छ। यद्यपि ढिलाइ भए पनि व्यवसायिक क्षेत्रमा परिणाम लाभदायक रहनेछ।कर्कट - Cancer(हि, हु, हे, हो,

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 492 पटक पढिएको
  • १९ करोड ८१ लाख भन्दा बढि बराबरको अभौतिक मुद्राको कारोबार गर्ने व्यक्ति पक्राउ

    काठमाण्डौ । १९ करोड ८१ लाख रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २३ वर्षीय मोहम्मद सेफ पक्राउ परेका छन् ।मंसिर १० गते साँझ ६ बजे भद्रकालीमा केही मानिसले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरिरहेको भन्दै सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बारा कलैयाका डल्लुमा बस्ने सेफलाई नियन्त्रणमा लिएको हो । प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गर्न प्रयोग भएको विभिन्न ब्राण्डको २ थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान गर्दा १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको देखिएको प्रहरीले बताएको छ । सेफउपर क्रिप्टोकरे

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 321 पटक पढिएको
  • राम मन्दिरबाट पुछारीको भार जानकी मन्दिर पठाइयो

    जनकपुर । जनकपुरधामको राम मन्दिरबाट जानकी मन्दिरमा पुछारीको भार पठाइएको छ ।साताव्यापी सीता राम विवाह महोत्सव अन्तर्गत जनकपुरधाममा सम्पन्न प्रतिकात्मक सीता राम विवाह सन्दर्भमा बिहीबार अयोध्याको प्रतिनिधित्व गर्ने राममन्दिरबाट वैवाहिक सम्बन्धको प्रगाढता एवम हर्ष स्वरुप जानकी मन्दिरमा माता सीतालाई पुछारीको भार पठाइएको छ । मिथिला संस्कृति अनुसार विवाह भएपछि ससुराली पक्षबाट आएको पुछारीको भारलाई जनमानसमा कोशेलीको रुपमा वितरण गर्ने परम्परा अनुरुप जानकी मन्दिरबाट पनि राम मन्दिरबाट पठाइएको कोशेलीहरु वितरण गरिने परम्परा रहेको छ ।पुछारीमा विभिन्न परिकार, मिठाई, दही, फलफूल एवम माता सीताका लागि वस्त्रह

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 298 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.