समाचार

    Showing 8,841-8,850 of 26,652 items.
  • मुख्यसचिव अर्यालद्वारा पदबहाली

    काठमाडौँ। नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले बुधबार सिंहदरवारमा आयोजित विशेष समारोहकाबीच पदबहाली गरेका छन्। जिम्मेवारी ग्रहण गर्दै उनले राष्ट्र र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखी निःस्वार्थ, निष्पक्ष र जिम्मेवार प्रशासनिक नेतृत्व प्रदान गर्ने अठोट व्यक्त गरे।पदबहाली समारोहमा मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिवेशमा प्राप्त जिम्मेवारीलाई पूर्ण इमान्दारिता, पारदर्शिता र नतिजामुखी कार्यशैलीका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याए। सार्वजनिक सेवा चुस्त, छरितो र नागरिक–मैत्री बनाउन, सुशासन प्रवर्द्धन गर्न तथा निजामती सेवालाई कार्यक्षमता, अनुशासन र व्यवसायिकतामा आधारित संस्

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 308 पटक पढिएको
  • रवि र छविको मुद्दामा सुनुवाइका लागि तोकियो पेसी

    बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका  सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी आज तोकिएको छ।गत हप्ता रवि पक्षका कानुनी व्यावासायीहरुले निवेदन दिएर सुनुवाइ स्थगित गरेका थिए। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले यस मुद्दाको आज पेसी तोकिएको बताए। उनले भने– गत हप्ता रोकिएको मुद्दामा आज पेसी तोकिएको छ, अव के हुन्छ हेरौँ ।बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदाल

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 271 पटक पढिएको
  • निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

    मुस्ताङ। घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो ।यो पुलकोे ८ दशमलव ४ मिटर चौडा र ३५ मिटर लामो हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिनुभयो । पुलको लागत रु चार करोड ४६ लाख छ । पुल आगामी साउन २८ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।  

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 316 पटक पढिएको
  • चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै

    नारायणगढ। कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । धबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गर्नुभयो । पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उहाँले बताउनुभयो ।पुल २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० मिटर स्पान, सवारी भाग (डेक) छ मिटर र कूल चौडाइ ८.४ मिटर हुनेछ । पुलका दुवैतर्फ ६०–६० मिटर एप्रोच सडक पनि निर्माण कम्पनीले बनाउने सम्झौता भएको नगरप्रमुख रेग्मीले बताउनुभयो ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 248 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

    अर्घाखाँची। समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु हुनुभएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।  परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा ए

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 333 पटक पढिएको
  • वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

    वीरगञ्ज— वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 417 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन

    हेटौंडा— पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको  उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताएका छन् । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर ल

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 397 पटक पढिएको
  • भीषण आगलागीपछि ठेकेदार पक्राउ, २७९ जनाको अवस्था अज्ञात

    काठमाडौं— हङकङको ताई पोस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा लागएको भयानक आगलागीले ४४ जनाको ज्यान लिएको छ । अधिकारीहरूले अहिलेसम्म २७९ व्यक्तिको अवस्थाबारे पुष्टि हुन बाँकी रहेको बताएका छन्।आगो हिजो बिहान पौने ३ बजेतिर शुरू भएको थियो । द्रुतगतिमा फैलिँदै गएपछि आगो  स्थानीय प्रशासनले हङकङको सबैभन्दा उच्च तहको ‘लेभल–फाइभ अलार्म’ जारी गर्यो ।घटनामा ४५ जना गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ, तर धेरैले चुरोटको ठुटोबाट आगो लाग्ने सम्भावना व्यक्त गरेका छन्।आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू १८ घण्टा सम्म खटिएका थिए। प्रह

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 509 पटक पढिएको
  • आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

    काठमाडौं— ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज देशभर आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष मङ्सिर ११ मा सामाजिक सुरक्षा दिवस मनाइन्छ  ।नेपालको संविधानमा सुनिश्चित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो ।श्रमिकको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 469 पटक पढिएको
  • विद्युत नियमन आयोगलाई साफिर सदस्यता दिने सरकारको निर्णय

    काठमाडौं— सरकारले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात् दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई साफिरको सदस्यताका लागि अनुमति प्रदान गरेको हो । आयोग विगत केही वर्षदेखि सदस्यता प्राप्त गर्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदै आएको थियो ।आयोगका अनुसार क्षेत्रीय तथा अन्तरराष्ट्रिय नियामक संस्थाहरूसँग अनुभव साटासाट गर्न, उत्कृष्ट अभ्यास अपनाउन तथा नियामकीय सीप र क्षमता विकास गर्न साफिरको सदस्यता अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।सदस्यता प्राप्त भएपछि आयोग

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 463 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.