समाचार

    Showing 8,871-8,880 of 26,652 items.
  • एनपीएलः विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 321 पटक पढिएको
  • रास्वपा र विवेकशील साझाबीच एकता

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचमा आइतबार एकता घोषणा हुने भएको छ ।दुई दलबीच आइतबार एकता घोाषणा गर्ने सहमति भएको हो । विवेकशील साझा पार्टीले उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलवीचको ’वृहत्तर ध्रुबिकरणर एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको छ ।एकता घोषणा कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा हुनेछ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 296 पटक पढिएको
  • "संविधान संशोधन गर्न सकिदैँन् भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ" मिराज ढुंगाना,’

    काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीहरुको कुरा सुन्न नचाहेको गुनासो गरेका छन् ।  बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरुले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए । उनले भने, ‘देशको अवस्था स्थिर होस र देशमा सुशासन होस भन्ने कुराको माग गरेको देशको प्रधानमन्त्री सुशिला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहानु भएन, उहाँलाई चुनाव नै अनिवार्य हो जस्तो लागेको छ तर त्यो होईन् । हाम्रो कुरा भनेको अर्थपूर्ण चुनाव तब हुन्छ जब हाम्रो मागहरु संविधान संशोधन गरेर पूरा गरिन

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 297 पटक पढिएको
  • जेनजीहरूमाथि आक्रमणको भर्त्सना, चार वटा जेनजी समूहको संयुक्त प्रेस विज्ञप्ति

    काठमाण्डौ । बाराको सिमरामा केही दिन अघि एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरुमाथि गरिएको साङ्घातिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति जेनजीहरुले ध्यानाकर्षण भएको बताएका छन् ।बुधबार चार वटा जेनजी समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको मागलाई सुन्नै नचाहने र उल्टै जेनजीहरुमाथि  केपी ओली र महेश बस्नेतले सुरु गरेको साङ्घातिक हमलाको भर्त्सना गरेका हुन् । जेनजीहरुले तुरुन्तै महेश बस्नेतलाई पक्राउ गरी २४ घण्टाभित्र कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 161 पटक पढिएको
  • अपराध अनुसन्धान शाखाको निरीक्षण तथा अनुगमन

    विराटनगर  ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्सालका प्रहरी बरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी सहितको निरीक्षण टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागद्वारा चौथो अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना अन्तरगत फौजदारी कसुरको अनुसन्धान गर्ने प्रहरी कार्यालयहरुको अनुगमन तथा निरीक्षण मापदण्ड २०८१ बमोजिम भएको निरीक्षण तथा अनुगमनको क्रममा अपराध अनुसन्धान शाखामा भएको अभिलेख व्यवस्थापन, पेण्डिङ मुद्दाको अवस्था, हिराषत व्यवस्थापन, अपराधका घटनाहरुको अभिले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 339 पटक पढिएको
  • कुलमान घिसिङ र खगेन्द्र सुनारको पार्टीले एउटै चुनाव चिह्नमा लड्ने

    काठमाण्डौ  ।  उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेका छन्। दुवै दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ साझा रूपमा प्रयोग गर्ने सहमति भएको हो। ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनारद्वारा स्थापित हाम्रो पार्टी नेपालबीच बुधबार काठमाडौंमा भएको छलफलपछि सहमति भएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले बताए। उनका अनुसार, दुई दलले आपसमा भएको सहमति तथा साझा चुनाव चिह्नका लागि निर्वाचन आयोगमा निवेदन बुझाउने तयारी गरेका छन्।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 301 पटक पढिएको
  • नेप्से ९.६१ अंकले बढ्यो,कारोबार रकममा पनि सामान्य वृद्धि

    काठमाडौं— साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा रोकिएको थियो । आजको बजारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.५४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ । मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको बजारमा यस दिन कूल ३ सय २२ स्टकको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । यो किनबेच ९१ हजार ७ सय ५ पटकको कारोबारमा भएको हो । यसदिन ४ वटा कम्पनिको सेयर सकारात्मक सर्किट

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 420 पटक पढिएको
  • मुगुमा ११ औँ राष्ट्रिय उद्योग दिवसः १२ सफल उद्योगी सम्मानित

    मुगु— ‘औद्योगिक वातावरण सुधार दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मुगु जिल्लाको गमगढीमा आयोजित कार्यक्रममा ११ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका १२ जना सफल उद्योगीलाई सम्मान गरिएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अग्रणी उद्योगी–व्यवसायीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको हो ।कार्यक्रममा कार्यालय प्रमुख कमल भट्टले पछाडि परेको मुगुमा उद्योगी–व्यवसायीको मनोबल बढाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार राडी–पाखी, सिलाइ–कटाइ, फर्निचर, चाउमिन, तरकार

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 463 पटक पढिएको
  • मन्त्रि घिसिङ भन्छन पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरु विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् । उनले भने,‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 420 पटक पढिएको
  • मुस्ताङमा सुरु भयो याकको सुकुटी बनाउने कार्य

    मुस्ताङ— हिउँदको सुरुवातसँगै मुस्ताङमा याकको सुकुटी बनाउने काम सुरु भएको छ । याकको सुकुटी बनाउने संस्कृती मुस्ताङवासीहरुको पहिचानसँग जोडिएको छ ।मुस्ताङमा तरकारीको ठूलो अभाव हुने भएकाले वर्षभरिका लागि सुकुटी तयार गर्ने प्रचलन छ । मुस्ताङवासीले यही परम्परालाई लामो समयदेखि निरन्तरता दिंदै आएकोे ८५ वर्षीय कालबहादुर थकालीले जानकारी दिए ।स्थानियहरुले सुकुटीलाई स्वादिलो र पोषिलो परिकारको रूपमा विशेष महत्व दिने गरेका छन् । यस वर्ष सुकुटीको माग बढेसँगै यसको मूल्य पनि चुलिएको छ । जोमसोमका याक व्यापारी पेम्बा रोकायका अनुसार प्रति गोटा याकको मूल्य १ लाख ५० हजार देखि १ लाख ७० हजार रुपैयाँ सम्म पुगेको छ ।सा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 505 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.