समाचार

    Showing 8,881-8,890 of 26,652 items.
  • पर्सामा २१३ किलोग्राम गाँजा बरामद

    बीरगञ्ज  ।  पर्सा जिल्लामा सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालन भइरहेको लागुऔषध नियन्त्रण अभियान थप प्रभावकारी बन्दै गएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार रोकथाममा कडा निगरानी राख्दै निरन्तर अभियान चलाइरहेको छ।यही क्रममा, विशेष गुप्त सूचनाको आधारमा मिति मङ्सीर ९ गते सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, बटसौरा क्षेत्रमा ठूलो मात्रामा गाँजा बरामद गर्न सफल भएको छ। खेती क्षेत्रभित्र परालको कुन्युमा लुकाइ–छिपाइ राखिएको अवस्थामा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 459 पटक पढिएको
  • अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति

    काठमाडौं— अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ । लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् ।सखुवासभा जिल्लाको खाँदवारिमा सरोबारवालाहरुसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो । त्यसै गरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरुको सूची तयार पेश गर्ने छन् । भ

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 402 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार

    काठमाडौं— सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ ।तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । उनको निर्णय आजदेखि लागु भएको हो ।स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरि

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 367 पटक पढिएको
  • धनगढीमा एमाले नेता बस्नेविरुद्ध जेनजी युवाको प्रदर्शन

     कैलाली— धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर जेनजी युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए । “जेनजी युवामार्फत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सूचना आएको थियो । त्यसपछि प्रदर्शन क्षेत्रको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले भने । तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए । यसअघि ४ मंसिरमा बारामा पनि बस्नेतविरुद्ध जेनजी युवाले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 494 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिदः जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

    काठमाडौँ। बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आउनुभएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो । गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उहाँको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर गरेकाले त्यसकै कारण ‘बे्रन डेड’ भई मृत्यु भएको थियो ।आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाउनुभएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म पनि रसाएका छन् । छिमेकी र आफन्तले सात्वना दिन आउँदा पनि उहाँ सम्हालि

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 307 पटक पढिएको
  • गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

    चितवन। आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका  वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो ।  उहाँका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन् ।ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ । यसलाई ग्री

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 361 पटक पढिएको
  • मधेश प्रदेश मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक

    जनकपुर— मधेश प्रदेश सरकारको मंसिर ८ गत्ते सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज आफैं पत्रकार सम्मेलन गर्दै बैठकको निर्णयहरु सार्वजनिक गरेका छन् । उनका अनुसार जनकपुरधाममा हुने विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन संघीय सरकार र स्थानीय सरकारले गर्ने कार्यका अतिरिक्त मधेस प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने अतिथि स्वागत तथा व्यवस्थापकीय कार्यहरू गर्ने/गराउने सम्बन्धमा मधेश प्रदेश सरकारमा रहेका मन्त्रिहरुलाई नै विभिन्न जिम्मेवारी दिई समिति गठन गर्ने निर्णय भएको छ ।त्यस्तै, नेपाल सरकारद्वारा स्वीकृत अनुदानको मल वितरण व्यवस्थापन कार्य

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 388 पटक पढिएको
  • रास्वपाका प्रदेश इन्चार्जहरु जिम्मेवारीबाट मुक्त

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’ सचिवालय

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 343 पटक पढिएको
  • प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन

    काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रहरी वृत गौशालाको हाताभित्र पुर्ननिर्मीत संरचनाहरुको बुधबार बिहान उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा थापाले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरेका हुन् । नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले जेनजी आन्दोलनपछि जलेर नष्ट भएका प्रहरी वृतहरुको पुर्नसंरचना निर्मांणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । उनले भने, ‘भदौ २४ गते सार्वजानिक संरचना तोडफोड, आगजनी हामीले कल्पना पनि नगरेको दिन हो । त्यस

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 325 पटक पढिएको
  • आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    काठमाडौं— तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो ।राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो ।मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 467 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.