समाचार

    Showing 8,911-8,920 of 26,652 items.
  • काठमाडौंको दोस्रो जित करणको बिष्फोटक ब्याटिङमा

    काठमाण्डौ  ।  दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले दोस्रो जित हात पारेको छ। काठमाडौंले आज लुम्बिनी लायन्सलाई २२ रनले हरायो। काठमाडौंको जितमा कप्तान करण केसीको बिष्फोटक ब्याटिङ प्रमुख बन्यो। लुम्बिनीको यो लगातार दोस्रो हार हो।१ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा आल आउट हुँदै १ सय ३५ रनमा रोकियो। लुम्बिनीले सुरुवात कमजोर गर्यो। लुम्बिनी पनि पावर प्लेमा चुक्यो। टोलले ६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४९ रन बनायो। मिलिन्द कुमारले लुम्बिनीका २ ओपनरलाई आउट गरे। ७ रन बनाएका सन्दीप जोरा रसिद खानद्वारा क्याच आउट भए। ११ बल खेल्दै ३ चौका र १ छक

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 467 पटक पढिएको
  • प्रहरीको हातहतियार लुटपाटमा संलग्न ३ जनालाई २ थान पेस्तोल र २० राउण्ड गोली सहित पक्राउ

    विराटनगर  । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा झापाको दमक-८ का २५ बर्षीय सरोज पुरी, दमक-६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा रहेका छन । भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा काठमाण्डौ महानगरिय प्रहरी कार्यालय तोडफोड, आगजानी गरी हात हतियार, गोलीगठ्ठा लुटी फरार भएका सरोज पुरी आफ्नै घर वतनमा आई लुकी छिपि बसेको भन्ने बिशेष सुचनाको आधारमा  मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 360 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

    विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ ।मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर-१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर-१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सप्तरीको बोधेबर्साइनका दुर्गानन्द यादबलाई ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी-५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगर सहित र झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड-४ का दिलिप कुमार माझी र उनको श्रीम

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 375 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

    विराटनगर ।  सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट मंसिर ०८ गते प्रहरीले प्रतिबन्धित लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत बिहारका राजु कुमार सोनीलाई लागू औषध INTRAZEPAM ट्याब्लेट-१४०, Tramadol-८ ट्याब्लेट सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट विजयपुरले धरान-१५ का सनम लिम्बुलाई ट्रामाडोल-३०० क्याप्सुल र स्पास्पेन-२४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले मोरङको रतुवामाई नगरपालिका-९ का भिमदेव श्रेष्ठलाई २०६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धा

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 282 पटक पढिएको
  • लागू औषध गाँजा सहित २ जना पक्राउ

    सुनसरी । सुनसरीको धरान-२० स्थित बाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०८ गते अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ज २१७८ नम्बरको पिकअप गाडीको डालामा ५ वटा कालो झोलामा प्याकिङ गरेर लुकाई छिपाई राखेको ५० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै चालक धनकुटा सागुरिगढी-९ का खडग बहादुर मगराती र सह-चालक दुर्गा विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 323 पटक पढिएको
  • भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद

    सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ०९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT)  र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगर गाउँपालिका-६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । ओसारपसारमा संलग्न ब्याक्तिको खोजि कार्य भईरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 418 पटक पढिएको
  • ६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे । ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरु दर्तामा आउनु हुनेछ । त्यसैले आयोग

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 328 पटक पढिएको
  • नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 289 पटक पढिएको
  • सर्लाही र सिरहामा स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

    सर्लाही— सर्लाही र सिरहामा छुट्टाछुट्टै घटनामा ठूलो परिमाणको स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ परेका छन्।सर्लाहीको मलंगवा–८ मा प्रहरीले भारतका सीतामढी सोनवर्षा–४ का ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मालाई पक्राउ गरेको हो। गोरखकाली प्रहरी चौकीबाट खटिएको टोलीले बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका उनीहरूबाट १ लाख ९८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।यसैगरी सिरहा नगरपालिका–१७ मा इलाका प्रहरी कार्यालय माडरले भारत मधुवनी जयनगरका २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मोहम्मद गुलसाहलाई नियन्त्रणमा लिएको छ। उनीहरू सवार मोटरसाइकल ‘अन टेस्ट’ नम्बरमा

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 546 पटक पढिएको
  • जेनजी आन्दोलनपछि एटीएम तोडफोड प्रकरणमा एक युवक पक्राउ

    काठमाडौं— जेनजी प्रदर्शनका दौरान एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी–८ घर भई भक्तपुर थिमीमा बस्दै आएका २९ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए।अनुसन्धानअनुसार तामाङले भदौ २४ गते प्रहरी वृत्त थिमीमा आगजनी भएको केहीबेरपछि सोही परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम क्षति पु¥याएका थिए।हाल उनलाई प्रहरी वृत्त थिमीमै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 477 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.