समाचार

    Showing 8,961-8,970 of 26,652 items.
  • आज विवाह पञ्चमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

    रौतहट— मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम  सार्वजनिक बिदा उल्लेख गरेको छ  । विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा  उल्लेख छ ।प्रदेश राजपत्र (चैत २२, २०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मङ्गलवार सार्वजनिक बिदा लागु हुने  उनले जानकारी दिए । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्च

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 546 पटक पढिएको
  • सूदुरका जिल्लामा ४६ हजार नयाँ मतदाताः सबैभन्दा कम बाजुरामा

    बाजुरा— सूदुरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा  मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो ।निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र  सूदुरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धीत निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए । नयाँ थपिएका मतदाता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 446 पटक पढिएको
  • श्रोत नखुलेको १५ लाख रकम सहित पटेल पक्राउ

    रौतहट— पर्साको पकाहामैनपुरबाट श्रोत नखुलेको १५ लाख रकम  सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले  जाँचगर्ने क्रममा रकम सहित पक्राउ गरेको हो । पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसारब बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 217 पटक पढिएको
  • प्रहरी र तस्करबीच गोली हानाहान

    मधेस प्रदेस । बारा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली फायर गरेको छ ।भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो ।पचरौता नगरपालिका वडा नं ६ चिकनी टोलस्थित खटिएको प्रहरीको टोलीले ७ राउण्ड र तस्कर समूहले २ राउण्ड गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।तस्करहरुले कटुवा पेस्तोलबाट २ राउण्ड गोली फायर गरेको थियो । प्रहरीको जवाफी फायरिङ पछि तस्कर समुह फरार भएको थिए ।प्रहरीले घटनास्थलबाट भने बिआर ०५ बिएल ४१५४, बिआर ०५ बि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 276 पटक पढिएको
  • प्लाष्टिक उद्योगमा भीषण आगलागी

    मोरङ  ।  विराटनगरको सातघुम्तीमा मोडस्थित प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ। उद्योगमा लागेको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरसंगै सुनसरीका विभिन्न पालिकाबाट वारुणयन्त्र प्रयासरत रहेकाछन् ।विराटनगरको मेन बजारमा आगलागी भएको छ । विराटनगर–७ स्थित सरस्वती प्लास्टिक उद्योगको पछाडिको क्षेत्रमा आगलागी भएको हो । आगलागी भएको क्षेत्र जलजला मोडनजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको बजार क्षेत्रमा पर्छ । आगो तीव्र रूपमा फैलिएको छ र त्यसलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ। तर, अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन।आगलागी नियन्त्रणका लागि विराटनगरका दमकलसँगै सुनसरीका विभिन्

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 243 पटक पढिएको
  • आज विवाहपञ्चमी पर्व मनाइँदै

    काठमाण्डौ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीत

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 358 पटक पढिएको
  • आज एनपीएलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै

    काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन्।काठमाडौँले यसअघि १ खेलमा जित र अर्को २ खेलमा हार बेहोरेको छ भने २ अंकसहित पाँचौ स्थानमा छ । यस्तै, लुम्बिनी लायन्स १ जित निकाल्दै २ अंकसहित छैटौँ नम्बरमा छ ।काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 404 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु लागेको छ ।दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 286 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्र

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 304 पटक पढिएको
  • आज २०८२ साल मंसिर ०९ गते मंगलवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। तर विराेधीहरूले दुःख दिनेछन्, सजग रहनुहाेला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.