काठमाडौं— काठमाडौंको नयाँ बसपार्कमा शव फेला परेकी महिलाको हत्या भएको खुलेको छ । शनिबार गोंगबु नयाँबसपार्कको पुलमुनि ती महिलाको शव फेला परेको थियो ।तन्नाभित्र पोको पारेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको थियो । शव फेला परे पनि महिलाको पहिचान भने अझै खुलेको छैन । हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सूर्य मगर छन् ।हत्याको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनाबारे थप जानकारी प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउने जनाएको छ ।
बुटवल— लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती
बारा— सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले ऐतिहासिक विजय हासिल गरेको छ। सोमबार बिहान ४ बजे सकिएको मतगणनाअनुसार ११ सदस्यीय कार्यसमितिका सबै पदमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्।तीन दशकदेखि एमाले नेतृत्वमा सञ्चालित सिमरा खानेपानीमा यसपटक पहिलोपटक एमालेको प्यानल पराजित भएको छ। नयाँ नेतृत्वमा अध्यक्ष युवराज न्यौपाने, उपाध्यक्ष हरिप्रसाद सिम्खडा, सचिव अमृत बस्याल, सहसचिव कृष्णकुमार रिमाल, कोषाध्यक्ष रामकुमार अर्याल रहेका छन्। महिला सदस्यमा दिलुमाया तामाङ र सुष्मा पण्डित तथा खुला सदस्यमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्र
काठमाडौं— जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ । समिति सचिवालयका अनुसार घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी छ ।
काठमाडौं— राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मल्टि इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्दै आएको ३० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना रोक्न माग गर्दै २०७९ वैशाख २७ गते सुम्पा तामाङसहितका व्यक्तिहरूले दायर गरेको रिटमाथि मंसिर ३ गते न्यायाधीश टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।सर्वोच्च अदालतका सहायक प्रवक्त निराजन पाण्डेले उक्त रिट खारेज भएसँगै राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युत आयोजनाहर
काठमाडौं— अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।मन्त्री घिसिङका अनुसार गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकारबारे गृहकार्य गरिरहेको छ । उनले निर्वाचन आयोग
जनकपुर— सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको परिसरमामा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच सांगीतिक रुपमा मैथिली परम्परा अनुसार ए
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गरेको छ । जसपा नेपालले संविधान संशोधन, संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरुलाई अधिकार सम्पन्न गर्नुपर्नेदेखि जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरु सरकारले पुरा गर्नुपर्ने माग उठाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । जसपा नेपालले भनेको छ, ‘संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.