समाचार

    Showing 9,021-9,030 of 26,652 items.
  • कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवानामा

     काठमाडौं— उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ।विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो। विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवस

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 443 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०७ औँ बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ ।बैठकमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 460 पटक पढिएको
  • शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द

    काठमाडौं— कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन् । कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह कम्पनी दर्ता, अद्यावधिक गर्नेदेखि कम्पनी खारेजीसम्मका सबै काम अवरुद्ध भएको जानकारी दिएको छ । कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 540 पटक पढिएको
  • आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।जनकपुर बोल्ट्सले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको छ भने विराटनगर किंग्सले लगातार २ खेलमा जित हासिल गरेर प्रतियोगिताको शानदार शुरुवात गरेको छ ।त्यस्तौ सुदूरपश्चिम रोयल्सले आफ्ना शुरुका दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कर्णाली याक्सले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 420 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जानएको छ ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ र कोशी प्रदेशको हिमाली भूभागको केहि स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।राती कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 277 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बि

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 289 पटक पढिएको
  • आज २०८२ साल मंसिर ०८ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्य कमजाेर रहे पनि धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे काममा जग बसाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 434 पटक पढिएको
  • तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाइ जाँचबुझ आयोगले बयान लिने तयारि

    काठमाण्डौ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन नआए घिसारेर ल्याउने बताएका छन । आइतबार गृहमन्त्रालयमा जेन–जी  समूहसँग भएको विशेष भेटघाटमा उनले आयोगको अधिकार र सरकारको भूमिका स्पष्ट पार्दै बयान दिन बोलाउँदा कोही नआए सरकारले ल्याएर बयान दिन लगाउने बताएका हुन । आयोगले ओली, लेखकसहित काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिन बाँकी छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 304 पटक पढिएको
  • सशस्त्रको प्रवक्तामा डीआईजी थापा

    काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई तोकेको छ ।यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । धौवजी अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई आइतबारबाट सो जिम्मेवारी दिइएको हो ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 391 पटक पढिएको
  • प्रधानमन्त्री र गृहमन्त्रीको ‘स्पेसल रिक्वेस्ट’पछि आन्दोलनको ‘मोडल चेन्ज’ गर्‍यौँ :दुर्गा प्रसाईं

    काठमाण्डौ  ।  प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेलगत्तै बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाइले अदालतले थप एकपटक न्याय मरेको छैन भन्ने पुष्टि गरेको बताएका छन्। प्रसाइले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले आग्रह गरेपछि आजदेखि गरने भनिएको आन्दोलन र आम हड्तालको कार्यक्रमको ढाँचा परिवर्तन गरिएको पनि बताए। 'यो देशमा फेरि न्याय मरेको छैन भन्ने पुष्टि भयो। सर्वोच्च अदालतलाई मुरीमुरी धन्यवाद। मलाई गैरकानुनी थुनामा राख्न मिल्दैन भनेकोमा। ७ दिनको प्रहरी हिरासतबाट मुक्त हुँदै गर्दा मेरोबारेमा चासो र चिन्ता र

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.