समाचार

    Showing 9,031-9,040 of 26,652 items.
  • हिमाली गाउँ उमाकुण्डले दियो नागरिकलाई वडाबाटै सबै सरकारी सेवा

    रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई वडास्तरबाट नै सबै सरकारी सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । भौगोलिक हिसाबले विकट गाउँका नागरिकलाई सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नु नपरोस् भनेर गाउँपालिकाको आयोजनामा सबै प्रशासनिक सेवा वडा कार्यालयबाट नै घुम्ती शिविर मार्फत दिइएको हो । शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशुबस्तुको औषधि वितरण लगायतका सेवा दिइएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । यो कार्यक्रम गाउँपालिका

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 289 पटक पढिएको
  • आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने?

    विराटनगर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन् ।कार्यक्रममा सहभागी विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए ।त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे । उनले विमानस्थलदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्त

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 289 पटक पढिएको
  • ‘भविष्यमा विदेशका नेपालीका लागि आई भोटिङ उपयुक्त, हाललाई मिश्रित प्रणाली अपनाऔं’

    काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा बस्ने नेपालीहरुसहित नेपालका निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकहरुका लागि मतदानको अवसर सुनिश्चित गर्ने उपायहरुसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार एक समारोहबीच अध्ययनका नतिजा, निष्कर्ष र सुझावहरुसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।प्रतिष्ठानले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई सश्लेषण गर्दै संसारका देशहरुले अवलम्बन गरेका भौतिक उपस्थितिमा, हुलाकमार्फत, प्रतिनिधिद्वारा, डिजिटल अर्थात आई र मिश्रित मतदान विधि ल्याएको उल्लेख गर्दै देशको परिवेश र आवश्यक्ता अनुसार विधिहरु छनोट गर्नुपर्ने औंल्याएको हो । जसमध्ये डिजिटल मतदानको अभ्यास

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 334 पटक पढिएको
  • ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने

    काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेको यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ ।मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन्। उनका अनुसार डिसेम्बरको पहिलो सातादेखि मुख्य सहरका हलहरूमा बक्स अफिस शो सुरु हुनेछ ।भट्टराईले मलेसियामा कार्यरत करिब पाँच लाख नेपालीलाई लक्षित गरी शो तालिका मिलाउने बताए । ‘मलेसियामा दिनभर खटिने नेपाली श्रमिकका लागि चलचित्र राम्रो मनोर

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 333 पटक पढिएको
  • दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाण्डौ । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले रिट जारी गरेको हो। प्रसाईंलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको रिट निवेदकको दाबी थियो।सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उक्त बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको हो।सर्वोच्चले दुर्गा प्रसाईंलाई छाड्न शनिबार सरकार र दुर्गा प्रसाईंपक्षबीच भएको वार्ता र सहमतिको आधारलाई टेकेको छ। अर्थात, सहमति भएपछि सन्दर्भ समेत परिवर्तन भएको सर्वोच्चको भनाइ छ।‘नि

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 493 पटक पढिएको
  • क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल भए : नेता शर्मा

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् । उनले भने,‘कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिर्वतनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्ति

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 278 पटक पढिएको
  • जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्रीलाई भेटेर भने, सरकारले हामीहरुप्रति गलत व्यवहार गर्यो

    काठमाडौं— आज जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् । आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुंपर्ने माग गरिएको बताए । उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठुलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गते

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 603 पटक पढिएको
  • प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा

    काठमाडौं— नयाँ शक्ति (नेसपा), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा सार्वजनिक गरिएको छ।आइतबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एकता समारोहमार्फत पार्टीको घोषणा गरियो। नयाँ रूपमा उदाएको यस पार्टीले आफ्नो चुनाव चिन्ह 'आँखा' रहेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 524 पटक पढिएको
  • सन्तोष परियार भन्छन जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ

    काठमाडौं— प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् । ‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’त्यस्तै उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भ

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 563 पटक पढिएको
  • निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ ।आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।उनले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 492 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.