समाचार

    Showing 9,251-9,260 of 26,653 items.
  • भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

    काठमाडौं— सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ । शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 385 पटक पढिएको
  • दीपक खड्का भन्छन कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् । कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनले बताए । नेता खड्काले विज्ञप्ति मार्फत भनेका छन्, ‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्याममा आएका समाचारप्रति मेर

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 350 पटक पढिएको
  • चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै

    जनकपुर—  हरिहरक्षेत्र मिथिला चौरासी कोष संकिर्तन परिक्रमा टोली जनकपुरधाम आउने भएको छ ।जनकपुरधामस्थित जानकी मन्दिरमा पत्रकारसम्मेलन गर्दै जानकी मन्दिरुका छोटे महन्त राम रोशन दासले उक्त परिक्रमा टोली जनकपुरधाम आउने पक्का भएको जानकारी दिए ।महन्त दासका अनुसार कार्तिक २९ गतेदेखि सुरु हुने पाँच दिवसीय संकिर्तन परिक्रमा प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा पनि आउने भएको छ । भारतको बिहारको हाजीपुर स्थित हरिहर क्षेत्रबाट शुरु हुने लागेको संकिर्तन परिक्रमा सोही दिन जनकपुरधाम आइपुग्नेछ । शनिबार दिउँसो दुई बजे महोत्तरीको भारतसँग जोडिएको सिमाना भिठ्ठामोड आइपुग्ने र त्याहाँ भव्य स्वागत गरिने महन्त

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 538 पटक पढिएको
  • एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

    काठमाडौं— नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ क्यानका अनुसार विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन । जसमध्ये ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 327 पटक पढिएको
  • मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त

    सर्लाही—  मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो ।पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् । उनीहरूले लगातार १० वटा प्रदेश सभा बैठकमा हाजिर नभएको भन्दै सभामुख मण्डलले नियम अनुसार उनीहरूलाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन्।‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रद

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 333 पटक पढिएको
  • हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ

    हेटौंडा— मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूपदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार विहीबार बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा उक्त स्थानमा बसिरहेका पाँच जनालाई फेला पारिएको र उनीहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।पक्राउ पर्नेहरूमा मकवानप

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 410 पटक पढिएको
  • कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

    काठमाडौ। एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताउनुभएको छ । ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उहाँले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताउनुभएको हो । साथै उहाँले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताउनुभयो । सञ्चारमन्त्री खरेलको निजी सचिवालयका अनुसार सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उहाँले  भन्नुभयो, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 391 पटक पढिएको
  • कुमारी घरको छानो जीर्णाेद्धार गर्न रु एक करोड २५ लाख

    काठमाडौ। काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णाेद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो ।कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयम

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 308 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 411 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ २४ पैसा र बिक्रीदर १८७ रूपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ १७ पैसा र बिक्रीदर १०१

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 319 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.