समाचार

    Showing 9,641-9,650 of 24,696 items.
  • वीरगञ्जमा हैजाका बिरामीहरुको संख्या ७ सय नजिक, २४ घण्टामा थप ७५ जनामा संक्रमण

    वीरगञ्ज— पर्सामा हैजा संक्रमण अझै रोकिएको छैन । वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएपछि जिल्लामा कुल संक्रमितको संख्या ६ सय ९७ पुगेको छ ।हाल १७ सरकारी र निजी स्वास्थ्य संस्थामा १९३ जना बिरामी उपचाररत छन्, तीमध्ये ३३ जना आईसीयू र चारजना एचडीयूमा छन् । अहिलेसम्म ५०४ जनालाई डिस्चार्ज गरिएको छ ।नारायणी अस्पतालमा सबैभन्दा बढी ८३ जना उपचाररत छन्, जसमा १४ जना आईसीयूमा छन् । तराई अस्पतालमा २९ जना उपचाररत छन् भने नेशनल मेडिकल कलेज र प्रभु अस्पतालमा १०र१० जना छन् । स्रोत पत्ता नलाग्दा हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।  

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 642 पटक पढिएको
  • मन्त्री चौधरी भन्छन नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ

    काठमाडौं— युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री चौधरीले विगत ६ दशकको इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपाललाई विश्वमा चिनाएको उल्लेख गरे ।उनले भने, ‘विगत ६ दशक भन्दा लामो इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह, अवरोह पार गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रय खेलकुदका क्षेत्रमा पदक प्राप्त गरी विश्वसामू नेपालको झण्डा फहर

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 700 पटक पढिएको
  • कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने

    मुग— नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मुगुमा वि.स. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको बिशेष पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको मन्त्री शाहीले बताए । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग  जोडिएको मुगुम कार्मारोङ  गाउँपालिकाको

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 821 पटक पढिएको
  • नेपाल प्रहरीका ३२ महानिरीक्षकः तोरणदेखि चन्द्रदेवसम्म

    काठमाडौं— नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय सन् १९५१ (वि.सं. २००७ चैत) मा स्थापना गरिएको थियो ।त्यतिबेलादेखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका छन् । तर, हालसम्म नेपाल प्रहरीमा कतिजना आइजीपी भइसकेका छन् ? त्यस्तै नेपाल प्रहरीका पहिलो आइजीपीदेखि ३१ औँ सम्मको फेहरिस्त रोचक छ । १. तोरण शमशेर जबरा: नेपाल प्रहरीको पहिलो आईजिपी हुन् तोरण शमशेर जबरा । प्रधान कार्यालयको स्थापनापछि जबरालाई २००७ चैतमा आईजिपी

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 741 पटक पढिएको
  • सांसदहरुको आक्रोश: सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकार जनताको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएकी छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले संसदमा सरकार जनमुखी नभएको र सत्ताका निकट व्यक्तिहरूलाई जोगाउन मात्रै लागेको आरोप लगाइन् ।‘रास्वपाले जहिले पनि जनताको आवाज उठाइरहेको हो सदनमा,’सांसद कठायतले भनिन्, ‘मान्छे बेचिएको, नागरिक बेचिएको भन्ने समाचार आउँदा सरकार मौन बस्नु हुँदैन ।दोषीमाथि कारबाही गर्नुपर्ने हो। तर सरकार जनताको पीडाभन्दा पनि आफ्नो कुर्सी जोगाउने र आफ्ना मान्छेहरूलाई कसरी जोगाउने भन्नेमा केन्द्रित छ ।’उनले संसदमा जनताको आवाज नसुन्ने हो

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 667 पटक पढिएको
  • प्रचण्ड भन्छन माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो

    नवलपुर— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन् ।नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भइ सम्बोधन गर्नुभएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारु समुुदायले आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचा

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 708 पटक पढिएको
  • बेहोस् भई ढलेका प्रहरी सहायक निरीक्षकको उपचारका क्रममा निधन

    ताप्लेजुङ— जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा बेहोस् भई ढलेका भुजेलको उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । बेहोस् भई ढलेका उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको डीएसपी गौतमको भनाइ छ ।४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 520 पटक पढिएको
  • मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    जनकपुर— मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए । प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२/०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र समस्या समाधान गर्नुको साटो अल्पमत र बहुमतको खेल गरेको आरोप लगाएका छन्  ।बहुमतको बल प्रयोग गरी बजेट पास गरेकाले अब ऐन कानुन बनाउन किन हामीलाई खोज्नुपर्यो भनेर प्रमुख प्रतिपक्षका सांसदहरुले प्रश्न गरेका छन् ।उनीहरुले बजेटमा दे

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 691 पटक पढिएको
  • हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने

    काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।उनले भने, ‘यतिबेला देशमा अर्थात वीरगञ्जमा हैजाको महामारी आएको छ । यसले  गर्दा  पीडा र क्षतिको वातावरण समेत बनेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा हैजा संक्रमि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 637 पटक पढिएको
  • पछाडि पारिएको सुदूरपश्चिममा लगानी गर्न सरकारको आग्रह

    काठमाडौं— पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गरेका छन । सुदूरपश्चिम  प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीकमा लागि आग्रह गरेका हुन् । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरे। उनले त्यहाँ लगानीको वातावरण बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नीति निर्माण र योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने खाँच

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 634 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.