काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा नेकपा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई अङ्ग्रेजीमा गालीगलौज गरेका छन् । त्यस्तै बालेनले छिमेकी देश भारत र चिनसँगै अमेरिकालाई पनि गालीगलौज गरेका छन् ।
बालेनले नेपालका पुराना तथा नयाँ शक्तिलाई प्रभाव र दबाबमा राख्न सक्ने देश चीन, भारत र अमेरिकालाई समेत अङ्ग्रेजी शब्द 'फक' प्रयोग गर्दै आफ्नो निराशा पोखेका छन् । लेखेका छन्- फक अमेरिका, फक इण्डिया, फक चीन, फक एमाले, फक कांग्रेस, फक रास्वपा, फक राप्रपा र फक माओवादी, तिमी सबै मिलेर केही गर्न सक्दैनौ।

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन् । प्रायः आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे ।
अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो ।
पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरू हुन थालेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको थियो ।
हाल सामाजिक सञ्जालमा बालेनको अभिव्यक्तिबारे व्यापक बहस चलिरहेको छ। धेरैले मेयरको वक्तव्यलाई असंवेदनशील र कूटनीतिक मर्यादाविपरीत बताएका छन् भने केहीले त्यसलाई हास्यात्मक वा प्रतीकात्मक रुपमा लिएका छन्। विज्ञहरूका अनुसार छिमेकी मुलुकहरूमाथि यसरी सार्वजनिक रुपमा प्रहार गर्नु कुनैपनि मुलुकको हितमा नहुने बताएका छन्।






































