काठमाडौं— चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरीका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब छ करोड रकमले कमी आएको आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्
काठमाडौं— श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार आज काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्।अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार आज बयानका लागि अदालतमा हाजिर भएका हुन्। सुनार विद्युतीय कारोबार सम्बन्धी मुद्दाका फरार प्रतिवादी थिए। मन्त्रीमा सिफारिस भएपछि उनको विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो।काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले सामाजिक सञ्जालमा भएको गालीगलौजको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन्।आज बयान सकिएपछि अदालतले थुनछेक बहस गर्ने तयारी गरेको छ।सु
बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध आरोपसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित भएको छ। दुवैको मुद्दा एकैसाथ पेस गर्ने अदालतको आदेश भएकाले, छविका वकिलले स्थगितको निवेदन दिएपछि रविको सुनुवाइ पनि रोकिएको हो।अर्को सुनुवाई कहिले हुने भन्ने जानकारी आएको छैन ।
काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासले जोशीका कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गर्ने निर्णय गरेको हो।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्ना हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस
बुटवल— नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। विहिबार केन्द्रीय कमिटी सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मुगु । जुम्लामा पछिल्लो समयमा सडक र हवाई सेवाको पहुँच विस्तर हुन थालेपछि जुम्लाको चन्दनाथ र भैरवनाथ मन्दिरमा दर्शन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड बढ्दै गएको छ । असोज महिनाको चिसोले उराठिएका डाँडाहरूको काखमा रहेको खलंगा बजार जहाँ बिहानको सूर्यकिरण मन्दिरको सुनौलो गजुरमा पर्छ र मन्दिरको मृदुल ध्वनीले उपत्यका गुन्जायमान हुने गरेको छ ।यसमध्येको चन्दननाथ भैरवनाथ मन्दिर आस्था, इतिहास र पहिचानको साझा धरोहर बनेको छ । यहाँको मन्दिर काठ, ढुंगो र धातुको संरचना मात्रै नभएर जुम्ली आत्माको प्रतीक मानिन्छ ।सयौं वर्षअघि योगी चन्दननाथले यही तपस्या गरी भैरवनाथ प्रसन्न पारेको भनाइ छ । उनीबाट सुरु
काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने बारेमा एउटा कार्ययोजना बनेको थियो तर अहिलेको समय परिवर्तन भएको छ । र यो परिवर्तित समयमा त्यो कार्ययोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । अब आउँदो समयमा भने त्यो कार्ययोजनामा के कुरा राख्ने के कुरा नराख्ने भन
एजेन्सी । चीनको जहाज निर्माण उद्योगले उल्लेख्य प्रगती गरेको छ । विगत पाँच वर्षमा उद्योगले आफ्नो क्षमतामा उल्लेखनीय रूपमा वृद्धि समेत गरेको छ । २०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए । जुन २०१६ देखि २०२० सम्मको देशको १३ औं पञ्चवर्षीय योजनाको तुलनामा लगभग आठ प्रतिशत बढी हो।अधिकारीहरूले चिनियाँ शिपयार्डहरूको प्रतिस्पर्धात्मकता बढेको पनि बताएका छन् । जहाज निर्माण, नयाँ अर्डर र अर्डर ब्याकलगहरूमा छ कम्पनीहरू विश्वका शीर्ष १० मा परेका छन्।चाइना एसोसिएसन अफ द नेशनल शिपबिल्डिंग इन्डस्ट्रीका
भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले कार्यकारी निर्देशक नियुक्तिमा स्थायी चिकित्सकहरुलाई प्राथमिकतामा राख्न माग गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मालाई एक पत्र लेख्दै स्थायी चिकित्सकहरुले नयाँ कार्यकारी निर्देशक नियुक्तिको चर्चा चलिरहेका बेला स्थायीलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्थायी चिकित्सकहरूको तर्फबाट लेखिएको पत्रमा स्थायी दरबन्दी अनुसार समितिमा कार्यरत स्थायी चिकित्सकमध्ये वा नेपाल सरकारका स्थायी सेवामा रहेका चिकित्सकमध्येबाटै योग्य उम्मेदवारलाई कार्यकार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको छ ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.