समाचार

    Showing 9,841-9,850 of 26,663 items.
  • जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघद्वारा सरकारलाई आग्रह

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक असर पु¥याएको जनाएको छ । महासंघका अनुसार, पीडित व्यवसायीहरूले जाहेरी नै दर्ता नहुने गुनासो गरिरहेका छन्, जसले दण्डहीनता मौलाउने र व्यवसायी हतोत्साहित हुने अवस्था सिर्जना गरेको छ ।महासंघले भनेको छ, “यदि यस्तो अवस्था कायम रह्यो भने लगानीक

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 593 पटक पढिएको
  • अमेरिकी राष्ट्रपति ट्रम्प मलेसिया भ्रमण सकेर जापान प्रस्थान

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् ।२४ घण्टे सफल भ्रमण सम्पन्न गरी ट्रम्पले मलेसियाली जनतासँग विदाइ लिँदै ‘एयर फोर्स वन’ विमानमार्फत मलेसियाबाट प्रस्थान गरेका हुन् । मलेसियामा रहँदा उनले स्थानीय अधिकारीहरूसँग भेटघाट गरेका थिए भने मलेसियाली जनताले उनलाई बिदाइ दिएका थिए ।ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा लेखेका छन,“म मलेसियाबाट प्रस्थान गर्दैछु, यो एक महान् र जीवन्त देश हो । यहाँ महत्वपूर्ण व्यापार तथा दुर्लभ खनिजसम्बन्धी सम्झौता भयो, र हिजो सबैभन्दा महत्वपूर्ण रूपमा थाइ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 571 पटक पढिएको
  • किष्ट अस्पताल प्रकरणः स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

    काठमाडौं— सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो ।मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 647 पटक पढिएको
  • ग्यास बुलेटले ठक्कर दिदा श्रीमान‍्को मृत्यु, श्रीमती गम्भीर घाइते

    मकवानपुर— मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने चालककी श्रीमती गम्भीर घाइते भएकी छन्।मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक पुरुषको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 651 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।  त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 667 पटक पढिएको
  • किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

    काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् । गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तह

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 246 पटक पढिएको
  • उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् ।उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्।गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।यस्तै ऊर्जा,जलस्रोत तथा सिन्चाइ,भौतिक पूर्वाधार तथा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 529 पटक पढिएको
  • सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

    रामेछाप । सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् ।ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 377 पटक पढिएको
  • प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन

    सर्लाही । प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न समिति गठन भएको छ । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएको थियो ।उक्त समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार उक्त विषयको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति बनाइएको हो ।समितिको संयोजकमा जिल्ला प्रशासन कार

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 305 पटक पढिएको
  • छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी

    मकवानपुर ।  छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ । यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ ।हेटौंडा ६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” उनले बताए । तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू बिरगन्ज, कलैया लगायतका सहरबाट

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 345 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.