समाचार

    Showing 9,871-9,880 of 26,663 items.
  • तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

    काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार (नेप्से) सामान्य अंकले बढेको छ । तिहार बिदाअघि १६.६७ अंकले बढेको नेप्से परिसूचक, आइतबार पुनः ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको हो ।नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ । यसअघि तिहार अगाडिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको थियो । तर, आज कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ ।यस दिन सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स भने आज स्थिर रहेको छ ।यस दिन १

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 264 पटक पढिएको
  • नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् ।मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का दुई जनाको भने शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो ।श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 296 पटक पढिएको
  • विश्वकप लिग–२ः अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

    काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो ।अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ र

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 375 पटक पढिएको
  • जनताको भरोसा माओवादीमाथिः प्रचण्ड

    गोरखा— नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता र संयोजकका रूपमा सहभागी भएका थिए ।कार्यक्रममा संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलनका मुद्दा तथा पार्टीको आगामी कार्यदिशाबारे आफ्ना विचार प्रस्तुत गरे । उनले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताउँदै ती मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट गरे ।‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 516 पटक पढिएको
  • चीनद्वारा 'गाओफेन–१४ ०२' उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

    काठमाडौं— चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।गाओफेन–१४ ०२ उपग्रहले विश्वव्यापी स्तरमा उच्च–सटीक त्रि–आयामिक (स्टेरियो) चित्रहरू संकलन गर्न सक्ने क्षमता राख्दछ । यसले देशको आर्थिक विकास, आधारभूत भूगोलसम्बन्धी जानकारी संकलन तथा राष्ट्रिय सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा सहयोग पु¥याउने बताइ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 587 पटक पढिएको
  • बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल कछुवा तालमै

    बाजुरा— बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको छ । मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको हो ।निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेको छ ।सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अवस्थामा छ । मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत  सदरमुकाम मार्तडी जोड्ने आरसिसि व्रि

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 602 पटक पढिएको
  • दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको पाँचौं विकेट

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।अमेरिकाको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान सायान जहाँगिरलाई ११ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।दीपेन्द्रले सायानलाई आरिफ शेखमार्फत क्याच गराए । ४०औं ओभरको दोस्रो बलमा जहाँगिर आउट हुँदा अमेरिकाले एक सय ७१ रन बनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 756 पटक पढिएको
  • श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

    कैलाली— कैलालीमा श्रीमान्‌को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–३, लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया छिन् ।श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको उनीमाथि आरोप छ । शनिबारराति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।घरायसी विवादका क्रममा सुनीताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएका थिए । टीकापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 508 पटक पढिएको
  • महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा थप ५ जना पक्राउ

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरीको हत्या आरोपमा थप पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन् ।वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमाउनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकार दिए ।यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 538 पटक पढिएको
  • सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

    काठमाडौं— ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।&n

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 482 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.