कैलाली— कैलालीमा श्रीमान्को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–३, लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया छिन् ।
श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको उनीमाथि आरोप छ । शनिबारराति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घरायसी विवादका क्रममा सुनीताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएका थिए । टीकापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।




































