समाचार

    Showing 9,891-9,900 of 26,664 items.
  • पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

    पोखरा, ९ कात्तिकः केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 269 पटक पढिएको
  • पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

    म्याग्दी, ९ कात्तिक : अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो ।पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । “अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीम

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 253 पटक पढिएको
  • वार्ताको लागि सरकारको निमन्त्रणा स्वागतयोग्य, परिणाममुखी समाधान आवश्यक:दुर्गा प्रसाईं

    काठमाण्डौ ।  मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले सरकारले आफूलाई वार्ताका लागि आधिकारिक रूपमा बोलाएको खण्डमा त्यसको स्वागत गर्ने बताएका छन् ।उनले जनताको आवाज सुन्ने कदमलाई सकारात्मक भन्दै अहिलेको सरकारले जिम्मेवारीबोधका साथ पहल गरेको मूल्यांकन गरेका हुन् ।  सामाजिक सञ्जालमार्फत प्रसाईले भने,“सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन हो।”प्रसाईंले,“वार्ता गर्न बोलाउनु मात्र पर्याप्त होइ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 499 पटक पढिएको
  • छठको दोस्रो दिन आज ‘खरना’, यसरी मनाइँदै

    काठमाण्डौ  ।  श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् ।चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । शन

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 313 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने बताइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 433 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक ९)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ पैयाँ ९८ पैसा र

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 388 पटक पढिएको
  • आज २०८२ साल कात्तिक ०९ गते आइतबारको राशिफल

    मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अफाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बोस्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। तापनि प्र

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 617 पटक पढिएको
  • बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने

    काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 303 पटक पढिएको
  • मन्त्री घिसिङद्वारा सिंहदरबारस्थित संघीय संसद भवनको स्थलगत निरीक्षण

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।उनले भने, ‘पहिलो पटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन अवलोकन गर्दा पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भ

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 402 पटक पढिएको
  • जेनजीको माग पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल

    काठमाडौं । डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारसामु जेनजीको माग पुरा गर्न चेतावनी दिएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पुरा भएको भन्दै जेनजीका माग पुरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन् । ‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौ । त्यो रहरले हैन, कहरले हो । अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईहरुले हिम्मत गर्नुस् । हामीले जेनजीको रगतले तपाईलाई बनाएका हांै,’ उनले भने, ‘आज माइतिघरमा जेनजीको माग पुरा गर भन्दै गर्दा उनीहरुलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो ? प्रधानमन्त्री सुशिला कार्की ज्य

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.