समाज

    Showing 10,021-10,030 of 10,097 items.
  • लागुऔषध सहित ५ जना पक्राउ

    मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका– १० बाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । सोमबार राती ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गाँजा २०० ग्राम फेला पारेको ईलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ । प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि–बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मग्राती र १८ बर्षीय संजिब मगरलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका पाँचजनालाई हिरासतमा राखिएको र थप अ

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 103 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट एकको मृत्यु

    धनकुटा /  धनकुटामा टयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनकुटाको सहिदभुमी गाउपालिका –७ चाम्चा बस्ने ५० बर्षीया मन कुमारी राईको बाटोमा हिँडिरहेको बेला ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । आज दिउसो ११ बजे  ना५त १९७१ नम्बरको ट्याक्टरले पैदल यात्री राईलाई ठक्कर दिदाँ मनकुमारी राईको  घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ । ठक्कर दिने ट्याक्टरलाई  प्रहरीको नियन्त्रणमा लिएको छ भने चालक हरि बहादुर राई फरार रहेको र खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 102 पटक पढिएको
  • मिलिजुली टिकटक परिवारद्वारा २ लाख सहयोग

    काठमाडौं । मिलिजुली टिकटक परिवारले विभिन्न अस्पतालमा उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ । ठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विभिन्न अस्पतालमा उपचाररत ४ जना बिरामीलाई २ लाख ८ हजार ६ सय ९१ रूपैयाँ हस्तान्तरण गरेको हो ।झन्डै ६ महिना अगाडी टिकटक मार्फत स्थापना भएको टिकटक मिलिजुली परिवारले फाल्गुन २२ र २३ गते काठमाडौंमा बनभोज कार्यक्रमको आयोजना गरि नगद सहयोग संकलन गरेका थियो ।रकम हस्तान्तरण कार्यक्रममा परिवारका अध्यक्ष राजन कडेल, प्रमुख अतिथी श्रीजन भट्टराई, विशिष्ट अतिथि अनुपमान सैजु, आमन्त्रित विशिष्ट अतिथिहरु, परिवारका संरक्षक रारा सैजु, सल्लाहाकार माधव भट्टराई, नेपाली सहयोही हात, एवम शिशिर

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 131 पटक पढिएको
  • रोजगार सम्मेलन गरिँदै

    काठमाडौं/ युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौँमा गरिने भएको छ । उन्ले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने जानकारी दिए ।परिषद्का उपाध्यक्ष ढुङ्गेलले कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्र्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको जानकारी दिए ।‘सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षत

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 97 पटक पढिएको
  • सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

    काठमाडौँ/  दाङको देउखुरीमा बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।गएराति लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा दुर्घटना हुँदा लमही नगरपालिका–८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल अकापसमा ठोकिएका हुन् ।प्रकाशको लमही अस्पतालमा र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 107 पटक पढिएको
  • ११ लाख घुससहित प्रहरी हबल्दार अख्तियारको फन्दामा

    काठमाडौँ/  महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठ ११ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालक अनिस जोशीलाई पनि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 108 पटक पढिएको
  • अव नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

    बिर्तामोड/ पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ता दिउँसो बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए ।गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 107 पटक पढिएको
  • लागुऔषध सहित ५ जना पक्राउ

    बिराटनगर / एक नम्बर प्रदेशका विभिन्न ठाउँबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । शनिबार प्रहरीले चेकजाँचका क्रममा झापा र उदयपुरबाट उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । झापाको बुद्धशान्ति –३ स्थित झिलमिले पुलबाट २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम  र  झापा भद्रपुर –८ सगरमाथा चौकबाट २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम  खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ परेका दुबै जनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । त्यसै गरी उदयपुर  त्रियुगा –६ लालपत्ताब

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 200 पटक पढिएको
  • गोठगाउँमा सडक दुर्घटना : २ जनाको मृत्यु, २ घाईते

    इटहरी/  मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँ स्थित पुर्व–पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठोक्किदा भएको  दुर्घटनामा परि मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र२–०२–००१ प ३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी–११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा  र सह–चालक बेलबारी बस्ने उत्सब गिरी घाईते भएको र उनिहर

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 99 पटक पढिएको
  • नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जना पक्राउ

    बिर्तामोड / लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३ का अविनाश चौधरी, लेखराज चौधरी, विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 220 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.