समाज

    Showing 10,031-10,040 of 11,087 items.
  • बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

    ताप्लेजुङ  / चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरूलाई उद्धार गर्न आज बिहान माउन्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए ।वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपात पछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 217 पटक पढिएको
  • पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

    झापा / पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो ।‘वर्षौँदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौं’, सदाले भने, ‘अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भन्नुभयो, पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो, अहिले  कहाँ जाने भन्ने समस्या परेको छ ।’ यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उनको दुखेसो छ । ‘आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 150 पटक पढिएको
  • पश्चिम नेपालमा आज पुसे १५ मनाइँदै

    काठमाडौँ /  वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा पुसे १५ का रुपमा मनाइन्छ । यो पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ । यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’ का रूपमा चिनिन्छ ।१५ पुसको रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट ल

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 146 पटक पढिएको
  • फोटोसहितको मतदाता नामावली संकलन

    बैतडी/  जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली संकलनको व्यवस्था गरेको छ। आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन थालिएको हो। निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन गर्न दिएको निर्देशन अनुसार नै काम सुरू गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए। यसै हप्ताबाट सुरू भएको नामावली सो कार्य पुस १९ गतेसम्म सञ्चालन हुनेछ। इलाका प्रशासनबाट नेपाली नागरिकता प्रमाणपत्र जारी हुने भएकोले नागरिकता पाउने बितिक्कै नामावलीमा नाम दर्ता गराउनको ल

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 151 पटक पढिएको
  • अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द, २२० घर अन्धकारमा

    सिमकोट / विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना अपरेटर ग्याल्जन लामा र भारती सिंहले तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताएका छन्  ।विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिव

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 195 पटक पढिएको
  • बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

    कावासोती / बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए। दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन् ।गत

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 185 पटक पढिएको
  • हराएको ८ दिनपछि भेटिए हुम्लाका चन्द्रे कामी

    हुम्ला / गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिएका छन् । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका चन्द्रे बुधबार बिहान फेला परेका हुन् । उनको खोजीका लागि खटिएका प्रहरीले खार्पुनाथ गाउँपालिकामा आज (बुधबार) बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई सकुशल फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले जानकारी दिए । हुम्लाको सर्केगाड गाउँपालिका –१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका –४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेका थिए। रमिलाका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए। त्यसै दिनदेखि सम्पर्कविही

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 204 पटक पढिएको
  • अन्तरजातीय विवाह गरेका १८ वर्षीय युवक ६ दिनदेखि बेपत्ता

    हुम्ला / अन्तरजातीय विवाह गरेका हुम्लाका एक १८ वर्षीय युवक ६ दिनदेखि बेपत्ता भएका छन् ।सर्केगाड गाउँपालिका –१, जैरका चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले बताए ।उनका अनुसार २९ मंसिरबाट लुवार बेपत्ता भएका थिए । ‘हामीलाई खबर आएपछि सुरुमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो, तर नभेटिएपछि जिल्लाका डीएसपी हेरम्भ शर्मा आफैं खोजीमा गएका छन्’ ऐरले भने, ‘अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन ।’उनका अनुसार चन्द्र हराएको भनिएको स्थान पुग्न सदरमुकामबाट दुई दिन पैदल यात्रा गर्नुपर्छ । सुर्केगाडका उपमेयर जोशी धामीका अनुसार मुगुको सोरु गाउँप

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 192 पटक पढिएको
  • ९ वर्षीय बालक चर्चभित्र मृत फेला

    बुटवल / बुटवलको एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका –११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 159 पटक पढिएको
  • चिसो बढेपछि तराईका जनजीवन प्रभावित

    अचानक / बढेको चिसोका कारण धनुषासहित प्रदेशको विभिन्न जिल्लाको जनजीवनमा असर परेको छ । अत्याधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । रुघाखोकी, ज्वरो, झाडापखाला जस्ता रोगका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।  

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.