समाज

    Showing 10,041-10,050 of 11,087 items.
  • भीरबाट लडेर श्रीमान, श्रीमतीको मृत्यु

    गुल्मी / गुल्मीमा भीरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका –१ सिम्लेका २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियार रहेका छन् । मुसिकोट नगरपालीका –१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर उनीहरु घाइते भएका थिए । घाइते उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए । 

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 165 पटक पढिएको
  • बालविवाह मुक्त गाउँ घोषणा

    डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका –८ लडागडाको बेड गाउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाउ घोषणा गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा आयोजित कार्यक्रममा  वडाध्यक्ष रामबहादुर खड्काले उक्त गाउलाई बालविवाह मुक्त टोल घोषणा गरेका हुन् ।उक्त वडा यसअघि जिल्लामा सबैभन्दा बढी बालविवाह हुने वडाका रुपमा परिचित थियो । अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले जानकारी दिए ।नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी सन्

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 180 पटक पढिएको
  • वैवाहिक वर्षगाँठमा विद्यार्थीलाई खाना खुवाउँदै दाहाल

    बिर्तामोड / बिभिन्न सामाजिक कामहरूमा सकृय रहेका कचनकवल ६ निवासी निश्चल दाहालले वैवाहिक बर्षगाठको अवसरमा विद्यालयमा खाना खुवाएका छन् । दाहालले गत आइतबार नजिकैको दारुल आवासीय विद्यालयमा विवाह बर्षगाठको खुशी मनाउँदै शिक्षक र विद्यार्थीलाई खाना पकाएर खुवाएका हुन् ।खुशीको तौल हुन्न, परिधि हुदैन, जति बाँड्यो त्यति बढ्छ भन्ने दाहाल, उनको श्रीमती विदेशमा रहेकाले बालबालिका सग खुशी साट्न विद्यालय पुगेको बताउछन । उनले स्थानियको सहयोगमा आफैँ खाना पकाएर खुवाएका थिए । दाहालले खुशी स-सानो कुरामा पाइन्छ र त्यो बाड्न संकोच मान्न हुन्न भन्दै, यो अवसर प्रदान गरेकोमा स्कुल प्रशासनप्रति आभार प्रकट ग

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 229 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

    काठमाडौं  / वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् ।सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कात्तिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ महिला र एक हजार ६८५ पुरुषले श्रम स्वीकृति लिएका छन् । सरकारले गत साउन र भदौमा गरेको लकडाउनयता पनि रोजगारीका लागि विदेश जान अत्यधिक सङ्ख्यामा श्रम स्वीकृति लिएको पाइएको हो ।दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 238 पटक पढिएको
  • कामका लागि भारत गएका १६५ जना बेपत्ता

    काठमाडौं / सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए ।उनले भने, “कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरुप अधिकांश श्रमिक हर

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 144 पटक पढिएको
  • रुकुममा पहिचान नखुलेको अवस्थामा पुरुष मृत फेला

    रुकुम/ नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार  राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने बताइएको छ । 

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 183 पटक पढिएको
  • भालुको आक्रमणबाट बैतडीमा दुई घाइते

    बैतडी  / जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन्।शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले बताए।घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 176 पटक पढिएको
  • हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु

    कञ्चनपुर  / लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको हिजो (शनिबार) राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ। झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिएका छन् । हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भाग्न थालेपछि, भाग्ने क्रममै उनलाई हात्तीले आक्रमण गरेको थियो । हो–हल्ला गरी हात्ती भगाएर  अस्पताल पुर्‍याउँदा रानाको ज्यान गय

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 110 पटक पढिएको
  • म्याग्दीमा नासिँदै सम्पदा, उजाड बन्दै बस्ती

    म्याग्दी / डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती ,गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का नासिएर अहिले देखिन/भेटिन छोडेका छन् । गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इन्जिनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौ पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएर गए पनि यिनको संरक्षणका ल

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 148 पटक पढिएको
  • बझाङमा डेढ महिनादेखि बिजुली आपूर्ति ठप्प

    बझाङ / बाढीले क्षति पुर्याएका विद्युतका आयोजनाको मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकारमय बनेका छन् । खप्तडछान्ना गाउँपालिका–१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् ।गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोबाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड दोस्रो लघु जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ । बाढीले आयोजनाको नहर र विद्युत् गृहमा क्षति भए

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.