समाज

    Showing 10,091-10,097 of 10,097 items.
  • भागीरथी हत्या प्रकरण, पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन

    काठमाडौँ/ बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए।उनले भने, “घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।” डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन्

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 190 पटक पढिएको
  • पशुपतिलाई हिन्दु विश्वविद्यालय बनाउने तयारी सुरु

    काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँ

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 243 पटक पढिएको
  • छोरीको हत्या गर्ने महराले गाउँमा मच्चाए आतंक

    बैतडी । आफ्नै छोरीको हत्या गरेर फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–१० बिजयपुरका ६५ वर्षीय धनबहादुर महराले गाउँमा पनि आतंक मचाएका छन्।गोली लोड गरेको भरुवा बन्दुकसहित फरार रहेका धामीले शनिबार राति गाउँमा आतंक मच्चाउनुका साथै आफ्नै घरमा आगजनीसमेत गरेका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले बन्दुक देखाएर कोही अगाडि आए गोली ठोकिदिने धम्की दिइरहेका छन्।‘लोड गरेको बन्दुक देखाएर कोही अगाडि आए सुट गर्छु भनेर गाउँलेलाई धम्क्याइरहेको खबर आएको छ। अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन’, उनले भने, ‘हामी संयमित भएर खोजीकार्य गरिरहेका छौँ।’उनका

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 76 पटक पढिएको
  • भ्यालेन्टाइन डेका लागि १ करोडको गुलाफ फूल आयात

    भ्यालेन्टाइन डेका लागि भारतबाट करिब १ करोड रूपैयाँको गुलाफको फूल आयात भएको छ । गुलाफ भ्यालेन्टाइनमा धेरै बिक्री हुने गरेको छ ।नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब १ लाख ८० हजार स्टिम गुलाफ फूलको माग छ । नेपाली बजारमा बिक्री हुने १ लाख ८० हजार स्टिममध्ये विदेशबाट करिब १ लाख ४० हजार ल्याइने र नेपालमा ४० हजार स्टिम मात्रै उत्पादन हुने एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।कोरोना जोखिमका कारण यस वर्षको भ्यालेन्टाइन डेमा अघिल्लो वर्षको अनुपातमा कम बिक्री हुने श्रेष्ठले बताए ।गुलाफको फूलको मूल्य प्रतिस्टिम ८० देखि १ सय रूपैयाँसम्म छ । गत साल करिब १ करोड रूपैयाँ बराबरको कारोबार हु

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 123 पटक पढिएको
  • स्रोत नखुलेको रकमसहित ३ भारतीय पक्राउ

    बाराको फेटा गाउँपालिका- ५ जोतपुरबाट स्रोत नखुलेको रकमसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।प्रहरीले स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 105 पटक पढिएको
  • नाका खुलेसँगै काँकडभिट्टाबाट भारततर्फ आवतजावत सहज

    झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्यांकी, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 84 पटक पढिएको
  • ‘घर बनाएर विवाह गर्छु’ भन्दै मलेसिया गएका रामकुमारको शव आयो

    विराटनगर/ मोरङको कटहरी गाउँपालिका – ७ का २६ वर्षिय रामकुमार मुडियारी तीन वर्ष अघि रोजगारको लागि मलेसिया गएका थिए । विदेशमा कमाएको पैसाले पक्की घर बनाउने र विवाह गर्ने सपना देखेर गएका उनको सपना त पुरा भएन, जीवनै समाप्त भयाे ।वैदेशिक रोजगारको  अवधि सकिएपछि उनी घरफर्कने बेलामा लकडाउन भयो । सरकारले थपेको  ६ महिनाको  भिसा अबधिमा पनि उनी घर फर्कन सफल भएनन । घर फर्कन पटक पटक प्रयास गर्दा पनि असफल भएका रामकुमारले विक्षिप्त अवस्थामा कम्पनीमै आत्महत्या गरेर ज्यान गुमाएको परिवारकोे भनाई छ ।‘पैसा कमाएर घर बनाएर विवाह गर्छु भनेको छोराको शवको बाकस आइपुग्यो,’ छोराको काजकिरयामा बसेका रामकुमारका

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 197 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.