समाज

    Showing 10,101-10,110 of 11,088 items.
  • चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

    कर्णाली / कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ ।प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो । यस योजनाअन्र्तगत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चार हजार ३५१ प्रहरी जनशक्ति खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए ।“नागरिकको शान्ति, सुरक्षालाई ध्यानमा राखेर हामीले सुरक्षा कार

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 283 पटक पढिएको
  • अपहरणमा परेका १३ वर्षीय बालकको भारतको सुपौलबाट उद्धार

    बिर्तामोड / अपहरणमा परेका सुनसरीका १३ वर्षीय बालकको १० घण्टा पछि सकुशल उद्धार गरिएको छ ।नेपालबाट भारतमा कामदार पठाउने गिरोहले अपहरण गरेर भारत पुर्याइएका कोसी गाउँपालिका –७ का दिपेन सदालाई आज (शुक्रबार) भारतको सुपौलबाट उद्धार गरिएको हो । बालकलाई बिहीबार दिउँसो करिब ३ बजे अपहरण गरिएको थियो । बालकलाई भारत सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपुर –६ बैरयाकमालबाट भारतीय प्रहरीको सहयोगमा उद्धार उदार गरी नेपाल ल्याइएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । बालकको अपहरण सुपौल जिल्ला ग्राम पञ्चायल बलबदैपुर –६ का मुकुम मियाँले गरेको बुझिएको छ । बालकलाई मियाँकै घरबाट उद्धार गरी नेप

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 214 पटक पढिएको
  • सुत्केरीले भत्ता पाएनन्

    म्याग्दी / बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८७९ सुरु भएदेखिको भत्ता पाएका छैनन्। हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २०० का दरले एकमुष्ठ रु तीन हजार ८०० उपलब्ध गराउने सरकारको कार्यक्रम छ  । अस्पतालले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा सुत्केरीले सरकारले दिएको सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन्। बेनी अस्पतालमा सुत्केरी भएकी रिना विकले सरकारले दिएको सुविधाबाट बन्चित भएको गुनासो गरे। आमा सुरक्षा कार्यक्रमबाट सङ्घीय सरकारले सुरक्षित प्रसूति सेवामार्फत मातृ शिशु मृत्युदर घटाउ

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 180 पटक पढिएको
  • बन्दुक देखाएर गरगहना लुटपाट

    महोत्तरी / महोत्तरीको जलेश्वर नगरपालिका –९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाई लाखौँको गरगहना लुटपाट गरेको छ । आज (बिहिबार) बिहान तीन बजे चार जनाको समूहमा आएका बन्दुकधारीहरूले कैलाश सिंहको घरको बाहिरी ढोका फोरेर आमा ७० वर्षीया मनदोदरी देवी सिंह एक्लै सुतिरहेको अवस्थामा गरगहना लुटपाट गरेका हुन् । लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ । घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरूपमा गरिरहेको जनाइएको छ

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 272 पटक पढिएको
  • फर्मभित्र छिरेर चितुवाले मार्‍यो ६ वटा बाख्रा

    कञ्चनपुर / कञ्चनपुरको बेदकोट नगरपालिका –९ सुन्दरपुरमा चितुवाले एउटै फर्मका ६ वटा बाख्रा मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले जयसिंह धामीको फार्मका छ वटा बाख्रा मारेको हो ।  व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार रुपैयाँ बढीको नोक्सानी भएको बताए ।“बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले  ६ वटा बाख्रा मारिसकेको थियो”, उनले भने, “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।” मारिएका बाख्रा मध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । रु ६ लाख लगानी गरी धामीले फार

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 184 पटक पढिएको
  • तीन युवाकाे तरकारी खेती !

    अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन्।त्यस्ता धेरै युवामध्येका तीनजना प्रतिनिधि पात्र हुन् म्याग्दीको मङ्गला गाउँपालिकाका जीवन पौडेल, बेनी नगरपालिका –२ ज्यामरुककोटका हरिलाल घिमिरे र बेनी नगरपालिका –६ अर्थुङ्गेका नरेश जिसी।जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएका यी तीनैजना युवाको पहिले र अहिलेको अवस्था करिब करिब मिल्दोजुल्दो छ। साउदी अरब, कतार र युएईमा एक दशक भन्दा बढी परिश्रम गर्दा पनि राम्रो कमा

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 339 पटक पढिएको
  • कवीर उपासक समाजद्वारा बलिप्रथा रोक्न माग गर्दै सिराहामा प्रदर्शन

    सिराहा / सिराहामा सन्त रामपालजी महाराजका अनुयायीहरूले प्रदर्शन गरेका छन् । दसैँलगायतका चाडपर्वमा हुने बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशा मुक्त समाज निर्माण लगायतका मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । सिराहा क्याम्पसबाट पूर्ण ब्रह्म कवीर उपासक समाज शाखा कार्यालय मिर्चैयाको अगुवाइमा सदरमुकाम सिराहामा प्रदर्शन गरिएको हो।बढ्दो भ्रूणहत्या रोक्नुपर्ने, जातिप्रथा र छुवाछुतको अन्त हुनुपर्नेमा आफूहरूको जोड रहेको उपासक समाज शाखाका संयोजक हरिगोविन्द दासले बताए।  समाजले आज नै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । जिल्लामा रगत अभाव कम गर्न आयोजना गरिएको कार्यक्रममा ७६ जनाले

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 148 पटक पढिएको
  • आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

    खोटाङ  / खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ। झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्नेरपुर्‍याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानले तालिम दिएको हो। झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ चिकित्सक कहाँ गएर उपचार गराउन आग्रह गर्नरगराउन तालिमको आयोजना गरिएको सङ्घका अध्यक्ष इन्द्र कसजुले बताए। “गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ। बिरामीको पहिलो सम्पर्क व्यक्ति

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 149 पटक पढिएको
  • मादी हत्या काण्ड : ४ जना जेल चलान, नाबालकलाई सुधारगृह पठाउने अदालतको आदेश

    बिर्तामोड / गत भदौ  २१  गते बिहान  सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङका तेज  बहादुर कार्कीको परिवार नै सखाप बनाउने गरी भएको विभत्स हत्याकाण्डका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो ।तेज बहादुरको परिवारका छ जना सदस्यको विभत्स तवरले भएको हत्यामा छिमेकी अनि नातामा भाइ समेत रहेका लोकबहादुरका बुवा रणबहादुर र काका खड्ग बहादुरको परिवारका पाँच जना सदस्य संलग्न रहेको भन्दै प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको थियो ।घटनाको विषयमा सङ्खुवासभा प्रहरीले अनुसन्धान गरी असोज

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 1,545 पटक पढिएको
  • मुस्ताङमै च्याङग्राको मूल्‍य दश हजारसम्‍म बढ्यो

    बागलुङ / दशैँ आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक(दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाए झैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुगेका छन् । कोही बाटोमा जाँदैछन् । भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् ।‘यस वर्ष सय/डेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ’, केस

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 335 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.