महोत्तरी / महोत्तरीको जलेश्वर नगरपालिका –९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाई लाखौँको गरगहना लुटपाट गरेको छ ।
लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ ।
घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरूपमा गरिरहेको जनाइएको छ ।






































