समाज

    Showing 10,141-10,150 of 11,089 items.
  • नेपाली दूतावास बेलायलतद्वारा घुम्ती सेवा सञ्चालन

    बिर्तामोड / नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ ।नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर से

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 148 पटक पढिएको
  • पहिरोले घर पुरिँदा गुल्मीमा तीनको मृत्यु

    गुल्मी / गुल्मीमा पहिरोले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उनकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उनीहरुलाई छिमेकी

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 159 पटक पढिएको
  • रौतहटबाट ४० किलो चाँदीसहित एक जना पक्राउ

    रौतहट //रौतहट प्रहरीले ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।  सर्लाहीको मलंगवा नगरपालिका-२२ का ३५ वर्षीय विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो। गौर बसपार्कबाट उनी पक्राउ परेका हुन्। दुई वटा झोला बोकेका सोनारलाई शंका लागि चेकजाँच गर्दा चाँदी फेला परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले जानकारी गराएका छन्। चाँदीको बजार मूल्य झन्डै ३९ लाख ४४ हजार रुपैयाँ रहेको प्रहरीले बताएको छ।उनलाई  आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको  चिमरियाले  बताएका छन्।   

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 130 पटक पढिएको
  • मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

    काठमाडाैँ / मुस्ताङमा एक नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा  ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए । “एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएको सो चरा चराविद् डा. हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” संरक्षण अधिकृत बरालले भने, “विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 158 पटक पढिएको
  • श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

    सिरहा / श्रीमान्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो  भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश याद

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 207 पटक पढिएको
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    सुनसरी / सुनसरीको बराहक्षेत्रकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका –११ की ६५ वर्षीया ममनी देवी खत्वे रहेकी छिन् । हिजो (सोमबार) दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई शरीरको बिभिन्न भागमा कुल्चि उनलाई घाईते बनाएको थियो । घाईते खत्वेलाई स्थानीयले घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 203 पटक पढिएको
  • रोजिनाको आत्महत्या नभइ हत्या भएको माइती पक्षको आरोप

    बिराटनगर/ मोरङको सलकपुरमा एक महिलाकाे रहस्यमय तरिकाले काेठा भित्र झुण्डिएको अवस्थामा  शव फेला परेको छ।   आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका –११ की २२ वर्षीया रोजिना गिरीको शव बेडमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।  घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव फेला परेको र शरीरमा पनि निलडाम भएकाले आत्महत्या नभइ हत्या गरिएको मृतकको माइती पक्षको आरोप छ । रोजिनाको मृत्यु शंकास्पद भएको भन्दै काफ्ले परिवारका तीन जना विरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुर गिरीले बताएमृतकको शव पोस्टम

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 927 पटक पढिएको
  • मादी हत्याकाण्डमा नयाँ ट्वीष्ट : हत्यामा संलग्न ५ जना सार्वजनिक

    बिर्तामोड / गत भदौ  २१  गते बिहान  सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङका तेज  बहादुर कार्कीको परिवार नै सखाप बनाउने गरी भएको विभत्स घटनामा तेज बहादुरका आफन्त समेत रहेका परिवारका ५ जनाको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।यसअघि हत्यामा संलग्न भनेर प्रहरीले सार्वजनिक गरेका लोक बहादुर कार्कीलाई देखाएर अन्यले कानुनी कारवाहीबाट उम्कने कोसिस गरेको समेत प्रहरीले जानकारी गराएको छ । लोक बहादुर मानशिक रोगी प्रमाणित हुने र सजाय कम हुने ठानेर हत्यामा संलग्नले योजना बनाएको समेत अनुसन्धानका क्रममा खुलेको छ ।तेज बहादुरको परिवारका छ जना सदस्यको विभत्स तवरले भएको हत्यामा छिमेकी

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 2,292 पटक पढिएको
  • झापामा क्रेनले किचेर एकको मृत्यु

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –२ घर्लेनीमा क्रेनले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबसाईन –५ का ३५ वर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । हिजो (आइतबार) बेलुका ६ बजे सुखानीबाट टाईटिङ खोला तर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीले किच्दा साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेन र क्रेन चालक रौतहट रंगपुर –२ का २४ वर्षीय मुकेश चौधरी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 1,980 पटक पढिएको
  • पोखरीमा डुवेकाे अवस्थामा आमा–छोराको शव फेला

    धनुषा / धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ । मृत्यु हुनेमा २८ वर्षीया अर्चना सिंह र उनको चार वर्षीय छोरो रहेका छन् ।उनीहरूको शव सोमबार धनुषाधाम नगरपालिका –२ स्थित धरमपुर पोखरीमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब  उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।स्थानीयले पोखरीमा शव देखेपछि धनुषा प्रहरीलाई जानकारी गराएका थिए । घटना आत्महत्या वा हत्या के हो भन्नेबारे अनुसन्धानबाट मात्र खुल्ने बस्नेतले बताए ।इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.