समाज

    Showing 10,211-10,220 of 11,091 items.
  • श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

    भोजपुर / भोजपुरमा श्रीमतीको हत्या गरेर एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको षडानन्द नगरपालिका –९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् । राईले शनिबार बिहान साढे १ बजे श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियारले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरूकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । स्थानीयवासी घटना

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 503 पटक पढिएको
  • पहिरोमा परी एकै परिवारका तीन जना बेपत्ता, एक घाइते

    नवलपरासी / पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –४ चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको प्रहरीले जनाएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुलामी घर पुरिएको छ । पहिरोमा परेर घाइते हस्तबहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 177 पटक पढिएको
  • नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासी

    काठमाडौँ / राजधानीको उत्तरी –पूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् ।जग्गा एकीकरण गरी प्लटिङ गर्दा कृषि क्षेत्र सकिने र सम्पदा नासिने भन्दै सो विषयमा नगरवासीले विरोध अभियान शुरु गरेका हुन् ।   शङ्खरापुर नगरपालिका –९ का बासिन्दाले जानकारी नदिई अपारदर्शी रुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् ।  वडावासीले स्थानीय सरोकार र सम्पदा समिति गठन गरी तीन निकायमा विरोधपत्र बुझाएका हुन् । सरोकार समितिका अध्यक्ष धर्मराज कार्की ८५ प्रतिशतसम्म मानिस कृष

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 157 पटक पढिएको
  • महोत्तरीबाट लागूऔषधसहित २ युवक पक्राउ

    महोत्तरी//महोत्तरीबाट लागूऔषधसहित २ युवक  पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकी छन्। औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको प्रहरीले बताएको छ। महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी गराएका छन्।

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 134 पटक पढिएको
  • युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक जना काठमाडौंबाट पक्राउ

     काठमाडौं//युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवार रहेका छन्। वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट एक–एक लाखका दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोहि आधारमा कोटेश्वर महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 198 पटक पढिएको
  • विरुवा खरीदमा रकम हिनामिना गरेको भन्दै बाराका वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा //विरुवा खरीदमा रकम हिनामिना गरेको आरोपमा बाराका तत्कालिन वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालिन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे ,सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र दिनेशप्रसाद जयसवलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।जिल्ला वन कार्यालय, बारामा अम्रिसो , बाँसको कलमी बिरुवा ,  खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ महंगोमा खरीद गरी रकम हिनामिना गरेको देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।उनीहरुविरुद्ध ४ लाख ९० हजार रुपैयाँ विगो मागदावी गरिएको अख्तियारका प्रवक्ता नारायणप्रस

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 155 पटक पढिएको
  • आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    सुर्खेत//आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा दुई जना  पक्राउ परेका छन् । पक्राउ पर्नेमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेका छन्। आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी गराएका छन्। दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् ।शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 130 पटक पढिएको
  • स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन पक्राउ

      काठमाडौं//काठमाडौंबाट स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको सिमरा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण  पौडेल, काठमाडौं-२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खडकालाई  पक्राउ गरेको हो। काठमाडौं-२२ खिचापोखरीमा शंकास्पद अवस्थामा पौडेलले बोकेको झोला खानतलासी गर्दा ३१ लाख रुपैयाँ बरामद प्रहरीले बताएको छ।  पौडेलले आफ्नो साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको सूचनाको आधारमा प्रहरीले लगत्तै अग्रवाललाई पनि नियन्त्रणमा  लिएको थियो ।होलिडे ट्रेडि

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 133 पटक पढिएको
  • अफगानिस्तानबाट नेपाल फर्किए थप ११२ जना नेपाली

     काठमाडौं//अफगानिस्तानबाट उद्धार गरिएका थप ११२ जना नेपाली मंगलबार नेपाल फर्किएका छन् ।जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिक नेपाल फर्किएको  परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ। यो सँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिक स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले बताएको छ।उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र भारतको नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 145 पटक पढिएको
  • ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई पक्राउ

    सर्लाही//सर्लाहीबाट प्रहरीले ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–८ का २८ वर्षीय अरुण लामा र सोही ठाउँका २८ वर्षकै अगबर अन्सारी रहेका छन् ।ईलाका प्रहरी कार्यालय बरहथवाबाट गस्तीमा निस्किएको प्रहरी टोलीले बरहथवा नगरपालिका–६ स्थित प्रहरी बिट नजिकै चौकबाट उनीहरुलाई पक्राउ गरेको हो। बीआर ३० जे ३०८० नम्बरको मोटरसाइकलमा बरहथवा बजारतर्फ गइरहेका उनीहरुलाई  खानतलासी गर्दा  मोटरसाइकलको बाँया साईडको लेगार्डमा झुड्याइएको झोलाबाट उक्त पेस्तोल बरामद भएको प्रहरीले बताएको छ। हतियारसहित पक्राउ परेका मध्ये अरुण लामा लागूऔषध मुद्दाका फरार

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 181 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.