समाज

    Showing 10,231-10,240 of 11,091 items.
  • मादीका छ सय ५० घरमा दुई महिनापछि बिजुली

    पोखरा / कास्कीको मादी गाउँपालिका –१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याइएको छ । पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी –१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए ।सुरुआतमा स्थानीय लघु जलविद्युत् र पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले क्षति पुर्याएकाले  अँध्यारोमै बस्दै आएकामा  शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको बिजुली उपलब्ध गराइएको हो ।गाउँपालिकाका अध्यक्ष बेद बहादुर गुरुङले शनिबार सामूहिक मिटर बक्सको स्वीच

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 157 पटक पढिएको
  • आज चट्याङसहित भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान

    काठमाडौँ / देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । यस्तै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।पहाडी भू—भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 279 पटक पढिएको
  • पालिका अध्यक्षको विवाह शृंखला : तेस्री पत्नी छाडेर चौथीसँग टाप

    ओखलढुंगा / प्रदेश एकको एक गाउँपालिकाका अध्यक्ष कान्छी श्रीमती लिएर टाप कसेका छन् ।ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीमाथि कान्छी श्रीमती लिएर हिँडेको आरोप लागेको हो ।गाउँपालिका मातहत रहेको न्यायिक समितिकै संरक्षक मानिएका गाउँपालिकाका अध्यक्षमाथि कान्छी श्रीमती लिएर हिँडेको आरोप लागेको हो । केसीकै श्रीमती सत्यकला गुरुङले आफ्ना श्रीमान अर्की महिला  लिएर हिनेको आरोप लगाएकी हुन् ।गुरुङले आफूलाई केसीले धम्काएर सम्बन्ध विच्छेदका लागि दवाव दिएको समेत दावी गरेकी छन् । उनले आफ्ना श्रीमान केस

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 194 पटक पढिएको
  • विराटनगरमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा दुई घाईते

    विराटनगर//विराटनगरमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका - ८ बस्ने मोटरसाईकल चालक ३० वर्षिया अनिष दाहाल र पछाडी सवार सोहि स्थानका ३० वर्षिया सुमन बजगाँई घाइते भएका हुन्।  सवारी चालक दाहालको टाउकोमा चोट लागेको छ भने बजगाँईको अवस्था सामान्य रहेको छ ।बरगाछी चौक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २६ प ७४६२ नम्बरको मोटरसाईकलले सोहि तर्फबाट आउदै गरेको बा १४ च ७२५९ नम्बरको कारलाइ पछाडीबाट ठक्कर दिएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ।तिब्र गतिका कारण दुर्घटना भएको उनले बताएका छन्। कार चालक फरार रहेक

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 118 पटक पढिएको
  • सप्तरीमा सेनाको गाडी र पिकअप भ्यान ठोक्कियो :एकको मृत्यु,दुई घाइते

    सप्तरी // सप्तरीमा नेपाली सेनाको गाडी र पिकअप भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पिकअप चालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको गाडी हनुमाननगर–कंकालिनी -१ भारदहमा  विपरीत दिशाबाट जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडीसंग ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताएका छन् । दुर्घटनामा पिकअपका सह-चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५२ वर्षीया भवानी र सेनाको गाडीमा सवार खोट

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 126 पटक पढिएको
  • मोरङमा गाँजासहित एक सिटी सफारी चालक पक्राउ

     मोरङ//मोरङमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना सिटी सफारी चालक पक्राउ परेका छन्। धनकुटाको सहिदभूमि गाउँपालिका -५ का २४ वर्षीय ईमान राईलाइ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चेकजाँच गर्ने क्रममा उनले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारीमा गाँजा फेला परेको र लगतै  उनको कोठा चेकजाँच गर्दा ७ किलो ९ सय ८४ ग्राम गाँजा बरामद भएको  इलाका प्रहरी कार्यालय बेलबारी जानकारी गराएको छ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 118 पटक पढिएको
  • झरना हेर्न गएकी एक महिलाको रुखले किचेर मृत्यु ,तिनजना घाइते

    उदयपुर//उदयपुरमा अटो चढेर झरना हेर्न गएकी एक महिलाको रुखले किचेर मृत्यु भएको छ  भने ३ जना घाइते भएका छन्।उदयपुरगढी गाउँपालिका-७ अँधेरी झरना नजिक रोकिरहेको अटोमाथि एक्कासी रुख ढलेर अटोमा बसेकी ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको हो। रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, २७ वर्षीया मिना दनुवार र अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ घाइते भएको उदयपुरका डीएसपी वेदप्रसाद गौतमले जानकारी गराएका छन्  ।घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।  घाइते मध्ये अटो चालक तामाङको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जना

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 94 पटक पढिएको
  • प्रदेश १ मा वार्षिक कतिले गर्छन् आत्महत्या ?

    बिर्तामोड / पछिल्लो समय प्रदेश एकमा आत्महत्याका घटना बढ्न थालेको छ । प्रहरीको तथ्याङ्क अनुसार प्रदेश एकमा आर्थिक वर्ष २०७७ ०७८ मा एक हजार पाँच सय सोह्र जनाले आत्महत्या गरेका छन् ।अन्य प्रदेशहरूको तुलनामा प्रदेश एकमा सबै भन्दा बढी आत्महत्याका घटना हुने गरेका छन् । प्रदेश एकमा दैनिक सरदर पाँच जनाले विभिन्न माध्यमबाट आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ । प्रदेशमा सबैभन्दा बढी आत्महत्या गर्नेको जिल्लामा झापा पहिलो नम्बरमा रहेको छ ।आर्थिक वर्ष २०७७/०७८ मा झापामा सबै भन्दाबढी आठ सय ५१ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी मोरङमा आठ सय दुई जनाले आत्म

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 146 पटक पढिएको
  • 'बौद्ध धर्मको धार्मिक ग्रन्थ हो' भन्दै ठगि गरेको आरोपमा दुई पक्राउ

     काठमाडौं//'बौद्ध धर्मको धार्मिक ग्रन्थ हो' भन्दै ठगि गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-१ का २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका-७ का ३० वर्षीय रजिन राई रहेका छन् । गोकर्णेश्वर नगरपालका-८ आरुबारीबाट उनीहरुलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी गराएका छन् । धार्मिक ग्रन्थ देखाएर त्यसको मूल्य ३ करोड ८५ लाख पर्ने बताउँदै आरुबारी बस्ने हेमप्रकाश मगरबाट १३ लाख ७९ हजार रूपैयाँ ठगी गरेको उनीहरूमाथि आरोप छ।

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 123 पटक पढिएको
  • अत्याधिक गर्मीले झापामा दुई जनाको मृत्यु

    झापा // केहि दिनदेखि बढिरहेको अत्याधिक गर्मीले गर्दा झापामा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बिर्तामोड –१० सैनिक बजारकी ३० वर्षिया कुमारी श्रेष्ठ र अर्जुनधारा -५ बस्ने ६० वर्षिया शुक्र दनुवार रहेका छन्।  केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी कुमारी  बिर्तामोड नगरपालिका -३ स्थित अनारमनी स्वास्थ्य चौकी अगाडि  मृत फेला परेकी हुन्। अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको अनुमान छ। यसैगरी बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका दनुवारको गर्मीले  ढलेर मृत्यु भएको प्रहरी नायव

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.