समाज

    Showing 10,261-10,270 of 11,091 items.
  • करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु

    महोत्तरी //करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भंगहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवान छन्। काकाको घरमा विद्युत् मर्मत गर्ने क्रममा  राजुलाई करेन्ट लागेको र  बर्दिबासमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले बताए। शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको उनले बताए। 

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 171 पटक पढिएको
  • लडेर वृद्धको मृत्यु

    सुनसरी / सुनसरीमा एक वृद्धको सामाजिक सुरक्षा भत्ता लिन जाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा को बर्जू गाउपालिका –६ सुक्रहाटका ६८ वर्षीय खटर मण्डल रहेका छन् । बुधबार दिउसो १ बजे वडा कार्यालयमा वृद्ध भत्ता थाप्न गएका मण्डल कार्यालय अगाडि रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटिई गई मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाइएको थियो । मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 191 पटक पढिएको
  • रौतहटमा एक पिलरको जग जीर्ण ,सीमास्तम्भ मर्मतको लागि आदेश आएन

    रौतहट //रौतहटको गौर–औरैया सीमा क्षेत्रको अन्तिम बिन्दुमा रहेको ३४७ नम्बरको पिलरको जग जीर्ण हुँदा समेत सीमास्तम्भ मर्मतको लागि  आदेश आएको छैन। जिल्ला प्रशासन कार्यालयले ५ महिनाअघि पिलर मर्मतका लागि प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय, गृह र नापी विभागमा पत्राचार गरेको थियो । पत्रको जवाफ नै नआएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ईशनाथ नगरपालिका -१ स्थित ढल्ने अवस्थामा पुगेको यो सीमास्तम्भ मासेर भारतीयले बोरा राख्न खोज्दा गत वर्ष विवाद भएको थियो ।भारतीय पक्षले यो भत्केर जाओस् भनिरहेका बेला रौतहट प्रशासनले भने निगरानी नियमित गरेको छ । बाढीको डुबानबाट जोगिन गत वर्ष भारती

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 215 पटक पढिएको
  • राहतको चामल गोदाममै कुहिएपछि स्थानियद्धारा नगरपालिका तोडफोड

    रौतहट /  रौतहटमा राहतको चामल गोदाममै कुहिएपछि स्थानीयले देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले नगरपालिका कार्यालय तोडफोड गरेका हुन् । असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो ।महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको भन्दै स्थानीयले मंगलबार दिउँसो नगरप्रमुखलाई कार्यालय भित्रै थुनेर ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिकाले खरिद गरेको चामल कुहिएपछि अरुले चाल नपाओस् भनेर मेयर धर्मेन्द्र प

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 142 पटक पढिएको
  • कैलालीमा सिँचाइ बाँध निर्माण

    गोदावरी / कैलालीको धनगढी उपमहानगरपालिका –६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु नौ करोड ४५ लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले बताए । बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी  प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिए ।सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बताउँदै तरका

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 121 पटक पढिएको
  • बलात्कारको आरोप लागेका एक प्रहरी पक्राउ

    झापा / बलात्कारको आरोप लागेका एक प्रहरी  पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका-१ धनगढी घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डल छन्। उनले युवतीलाई विभिन्न प्रलोभन दिइ बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। पटक-पटक विभिन्न मितिमा विभिन्न स्थानमा बलात्कार गर्दै आएकोमा पछिल्लो पटक गत चैत २८ गते सुनसरीको इटहरीमा बलात्कार गरेको आरोप लगाउँदै एक २३ वर्षीया महिलाले गत साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकी थिइन् ।इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा स्वयं उपस्थित भएका असई मण्डललाई मं

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 97 पटक पढिएको
  • अङ्ग्रेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण

    सिन्धुलीगढी / प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गरेका छन् । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गरेका हुन्। नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो । सिन्धुलीगढीमै निर्माण भएको नेपालक

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 135 पटक पढिएको
  • सास्ती व्यहोर्दै अपाङ्गता भएका महिला

    काभ्रेपलाञ्चोक / बनेपा नगरपालिका –८ की ४५ वर्षीया कृष्णमाया प्रधानले गत असार ५ गते प्रहरीबाट लाठीको पिटाइ खानुप¥यो । सदाझैँ बिहान घर नजिकैको गणेश मन्दिरमा पूजा गरिरहेकी उनलाई उक्त दिन पूजा गर्दागर्दैका अवस्थामा प्रहरीले पछाडिबाट पटकपटक लाठी प्रहार गरी घाइतेसमेत बनाएका थिए । अघिल्लो दिन कोरोना सङ्क्रमणको जोखिम उच्च बढ्दै गएपछि नगरले आफ्नो क्षेत्र ‘सिल’ गरेको उनलाई थाहा थिएन । “म पूजा गरिरहेको थियाँ, पुलिसले पछाडीबाट ढाँडमा लाठीले पटकपटक पिट्यो, म बोल्न नसक्ने अवस्था पुगेछु” एक सार्वजनिक कार्यक्रममा दोभाषेमार्फत श्रवणशक्तिविहीन उनीले रुँदै आफ्नो दुःखेसो पोखिन् ।उनलाई अघिल्लो दिन नगरले गरेको

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 144 पटक पढिएको
  • लमजुङका किसान खेतीमा व्यास्त

    लमजुङ / कोरोना सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाबीच यहाँका किसान यतिबेला कोदो रोप्न व्यस्त छन् । समयमै पानी परेकाले धान  र कोदो रोप्न  सहज भएको हो । हालसम्म जिल्लाभर करिव ३५ प्रतिशत जमीनमा कोदो रोपिएको छ ।कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले जिल्लाभर नै कोदो रोप्न थालिएकामा चिसो ठाउँ, मकैबारीभित्र र मकै भाँचिसकेका बारीमा पनि किसानले कोदो रोपिरहेका छन् भने ।       दोर्दी गाउँपालिका–३ का किसान बुद्धिमान श्रेष्ठले भने, “धान रोपेर बसेका  यहाँका किसानलाई  कोदो रोप्न भ्याइनभ्याइ छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेलामा त्यसको डरभन्दा पन

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 125 पटक पढिएको
  • पिसाङ जोगाउन स्थानीयवासी अग्रसर

    मनाङ / अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले मनाङ ङिस्याङ गाउँपालिका –१ पिसाङका बासिन्दालाई जोगाउन स्थानीयवासी अग्रसर भएका छन् ।नदी छेउछाउका घर बाढीले कटान गर्न थालेपछि बस्ती जोगाउने अभियान थालिएको स्थानीयवासी छिरिङ गुरुङले बताए । “पिसाङको ठाडो खोलाले बालीनाली विनाश ग¥यो, सडक सञ्जाल पनि क्षतविक्षत पा¥यो, त्यसैले स्थानीयवासीको अग्रसरतामा ‘पिसाङ बचाउ अभियान’ शुरु गरेका हौं,” उनले भने । अभियानअन्तर्गत खोलामा आएको बाढीले क्षति पु¥याउनसक्ने स्थानमा ग्याबिन जाली लगाएर कटान रोक्ने प्रयास गरिएको छ । पिसाङ जोगाउन हरेक घरले रु १० हजार सङ्कलन गरेका र स्थानीयवासीको हातेमालोका लागि सां

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.